अमेरिकी साम्राज्यवादको सन् २०२१ सम्ममा तेजोवध हुनेछ– का.रोहित

भक्तपुर, १० माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले चीन–भारत युद्धमा नेपालले भारतलाई सहयोग नगरेको बद्ला लिन भारतीय शासक वर्गले चिनियाँ नेता माओकै नाम प्रयोग गरेर नेपाल र नेपाली जनतालाई दुःख दिन खोजिरहेको बताउनुभएको छ ।
नेपाल मजदुर किसान पार्टीको ४३ औं स्थापना दिवसको अवसरमा भक्तपुरको दत्तात्रयमा भएको जनसभामा बोल्दै अध्यक्ष रोहितले भारतीय शासक वर्गकै योजनाअनुसार नै नेपालमा माओवादी जन्माइएको र माओवादी केन्द्रले देशलाई एक एक पाइला गरेर विदेशको हातमा सुम्पिन लागेको बताउनुभयो ।

भक्तपुर

का. रोहित

‘पार्टीको नाम के हो भन्ने कुरा महत्वपूर्ण कुरा होइन, पार्टीले के काम गर्छ भन्ने कुरा महत्वपूर्ण हो‘, अध्यक्ष रोहितले दोहो¥याउनुभयो ।
नेमकिपा स्थापना भएको ४२ वर्ष भए पनि नेमकिपाले लक्ष्य बनाएको आदर्श समाज अझै स्थापना नभएको भन्दै गरिने आलोचनाको खण्डन गर्दै उहाँले समाजको आमुल परिर्वतनको लागि ऐतिहासिक समय लाग्ने तर नेमकिपाले लक्ष्य बनाएको आदर्श समाज मजदुर, किसान र प्रगतिशील बुद्धिजीवीहरुको संघर्षले एक दिन आवश्यक स्थापना हुने बताउनुभयो ।
‘नेमकिपा स्थापना भएको ४२ वर्ष भएर पनि आफ्नो लक्ष्य प्राप्त नभएको भन्ने साथीहरुले यो प्रश्न पहिले काङ्गे्रस, एमाले र माओवादीलाई सोध्नु उपयुक्त हुनेछ । के काङ्ग्रेसले भने जस्तो प्रजातान्त्रिक समाजवाद, एमाले र माओवादीले भने जस्तो नयाँ जनवाद स्थापना भयो, जबकि उनीहरु पटक पटक सरकारमा गइसकेका छन्‘, रोहितको भनाई थियो ।
समसामयिक अन्तर्राष्ट्रिय परिस्थितिबारे आफ्ना धारणा राख्दै उहाँले सन् २०२१ भित्र संरा अमेरिकी साम्राज्यवादको तेजोवध हुनेछ र आज अमेरिका पतनोन्मुख साम्राज्यवाद भइसकेकोमा जोड दिनुभयो ।
‘कुनै बेला बेलायती उपनिवेशवाद संसारको सबभन्दा बलियो थियो, दोस्रो विश्वयुद्धपछि सोभियत संशोधनवाद बलियो बनेर आयो तर उनीहरुको विनाश भयो । आज पतन हुने पालो संरा अमेरिकी साम्राज्यवादको आएको छ‘, अध्यक्ष रोहितले भन्नुभयो ।
युरोपेली साम्राज्यवाद र अमेरिकी साम्राज्यवादबीच अन्तरविरोध भएको चर्चा गर्दै उहाँले संरा अमेरिका कुनै पनि देशमा आफूलाई जोगाउन नभई त्यहाँ विध्वसं मचाउन गएको बताउनुभयो ।

‘कुनै बेला बेलायती उपनिवेशवाद संसारको सबभन्दा बलियो थियो, दोस्रो विश्वयुद्धपछि सोभियत संशोधनवाद बलियो बनेर आयो तर उनीहरुको विनाश भयो । आज पतन हुने पालो संरा अमेरिकी साम्राज्यवादको आएको छ‘

अध्यक्ष रोहितले देशका तीसभन्दा बढी जिल्लाहरुमा नेमकिपाको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम भइरहेको जानकारी दिंदै भन्नुभयो,‘नेमकिपा देशका ५० जिल्लाका कामदार जनताको बीचमा सक्रिय रहेको र वैचारिक रुपमा तयार भए पछि सबै नदेखिने संगठन पनि बाहिर आउने प्रष्ट पार्नुभयो ।
नयाँ पुस्ता अध्ययनशील र जनताको सेवामा अझ सक्रिय भएका कारण आगामी वर्षहरुमा नेमकिपाले अझ बढी व्यापकताका साथ देश र कामदार जनताको राजनीतिमा लाग्ने उहाँको भनाई थियो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं सांसद प्रेम सुवालले राजनीतिक दलहरु राजनीतिक दर्शन र सिद्धान्तको आधारमा स्थापना हुनु पर्नेमा नेपालका अधिकांश पार्टी सत्ता स्वार्थको लागि स्थापना भएका कारण राजनीतिक विकृति बढेको बताउनुभयो ।
नेमकिपा राजनीतिक दर्शन र सिद्धान्तको आधारमा स्थापना भएको पार्टी भन्दै उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई वामपन्थी तथा दक्षिणपन्थी अवसरवादबाट जोगाउन नेमकिपाले स्थापनाकाल देखि नै सैद्धान्तिक संघर्षलाई जोड दिएको बताउनुभयो ।
पाकिस्तानबाट पूर्वी पाकिस्तान टुक्राए जस्तै नेपालबाट तराईको भूभाग अलग्याउने र अन्ततः सिंगो नेपाललाई सिक्किम जस्तै बनाउने लक्ष्यका साथ संविधान संशोधन प्रस्ताव ल्याएकोबारे चर्चा गर्दै नेमकिपाले देशघाती प्रस्तावविरुद्ध सदनमा लगातार संघर्ष गरिरहेको स्पष्ट पार्नुभयो ।
‘नेपालका केही कम्युनिष्ट पार्टी पूँजीवादी सरकारमा गएर पूँजीवादलाई बलियो बनाउने काम गरिरहेका छन्‘, सुवालले भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले गरिब किसानहरुमाथि शोषक सामन्तहरुले गरेको शोषण र अत्याचारविरुद्ध नेमकिपा स्थापना भएको बताउनुभयो ।
नेमकिपा स्थापना हुनुअघि भक्तपुरका किसानहरुको दयनीय आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाबारे चर्चा गर्दै उहाँले भन्नुभयो,‘आजको अवस्था हेर्दा समाजमा ठूलो परिवर्तन भइसकेको छ । तर यसको जग हिजोको किसान संघर्ष नै हो ।हामीले इतिहास भुल्यौं भने हाम्रो भविष्य पनि राम्रो हुने छैन ।
नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले कम्युनिष्टको नाम भिरेर भारतीय एकाधिकार पूँजीलाई देश सुम्पिने पार्टीप्रति सचेत हुनुपर्ने बताउनुभयो । भारतीयले आफूले चाहे जस्तो अवस्था नेपाल नबनेसम्म स्थानीय निकायको निर्वाचन पनि हुन नदिने खेलमा लागेको उहाँको भनाई थियो ।
नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले पूँजीवादी व्यवस्थालाई युवाहरुलाई भ्रष्ट, चरित्रहीन र विकृतिमा फसाउने काम गरिरहेको बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले नेमकिपाले इतिहासका विभिन्न कालखण्डमा गरेका भक्तपुर काठमाण्डौ जुलुसले एतिहासिक महत्वका निर्णयहरु गर्न राज्यलाई दबाब पु¥याएको प्रष्ट पार्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष रमेश थापाश्रेष्ठको सभापतित्वमा भएको सभामा नेक्राविसंघका केन्द्रीय अध्यक्ष नीरज लवजूले पनि बोल्नुभएको थियो ।

काठमाडौं । ‘देश र जनताविरोधी काम गर्ने जस्तोसुकै ठूलो शक्ति पनि पतन हुन्छ । विश्वलाई आफ्नो कब्जामा लिन चाहने संरा अमेरिकी साम्राज्यवाद पनि पतनोन्मुख अवस्थामा छ ।’

काठमाण्डौ

उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले नेमकिपा स्थापना दिवसको अवसरमा नेमकिपा काठमाडौं जिल्ला समितिले सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलामा राख्नुभएको हो ।
अध्यक्ष बिजुक्छेंले समाजवादी देश प्र्रजग कोरिया र क्युवा संरा अमेरिकी साम्राज्यवादविरुद्ध नझुकी देशको सार्वभौमिकता रक्षाको लागि मृत्यु या समाजवाद भन्दै निरन्तर अगाडि बढिरहेको बताउनुभयो ।
कामदार वर्गलाई शासन सत्तामा पु¥याउने समाजवादी व्यवस्थाको लागि नेमकिपा सङ्घर्षरत छ । बहुसङ्ख्यक कामदार जनता सचेत र सड्डठित भएमा समाजवादी क्रान्ति अगाडि बढ्ने छ, उहा“ले भन्नुभयो ।

‘देश र जनताविरोधी काम गर्ने जस्तोसुकै ठूलो शक्ति पनि पतन हुन्छ । विश्वलाई आफ्नो कब्जामा लिन चाहने संरा अमेरिकी साम्राज्यवाद पनि पतनोन्मुख अवस्थामा छ ।’

एमाले, माओवादी केन्द्र र काङ्ग्रेसले पालैपालो सरकार चलाइरहेता पनि ती पार्टीहरुले देशलाई समृद्ध बनाउन र जनताको हितमा काम गरेनन् । शासन सत्ता टिकाउन जालिफटाहा, लुच्चा–लफाड्डालाई ती पार्टीहरुले संरक्षण गरिरहेका छन्, उहा“ले बताउनुभयो ।
थ्रेसहोल्ड प्रजातन्त्रको घाटी निमोठ्ने प्रतिक्रियावादी सोच भएको बताउदै अध्यक्ष रोहितले दर्शन, विचार र कार्यक्रमको आधारमा राजनीति गर्नेमाथि बन्देज लगाउने पूजीवादी सोचको विरोध गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
पार्टी कार्यकर्ताहरुले आत्मसमीक्षा गरी कमी–कमजोरी हटाउदै पार्टीको विचार, सिद्धान्त जनताबीच पु¥याउन योगदान गर्नुपर्छ, उहाले भन्नुभयो ।
नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्रराज गोसाईंंले नेमकिपा स्थापनाका आधारहरुबारे चर्चा गर्दै पिछडिएका चेपाङ, गरिब जनतालाई सचेत र सड्डठित गर्ने काम नेमकिपाले गरिरहेको बताउनुभयो ।
देशको सार्वभौमिकता र स्वाधीनतामाथि हस्तक्षेपले भोलि देश नरहने खतरा बढ्दैछ भन्दै उहाले भारतीय हस्तक्षेपको विरोधमा ठूलो सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
आयोजक समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा नरमान महर्जन, श्यामकुमार महर्जन र विश्वक डंगोलले पार्टी कार्यक्रम र गतिविधिबारे बोल्नुभएको थियो ।

दैलेख । नेमकिपा स्थापना दिवसको अवसरमा सोमबार दैलेख बजारमा जनसभा भयो । दैलेख जिल्लाको सदरमुकाम नारायण नपाको खुलामञ्चबाट शुरु भई नगर परिक्रमा गरी खुलामञ्चमै पुगेर जनसभामा परिणत भएको थियो ।
सभामा बोल्दै नेमकिपाका केन्द्रीय सचिव सुनिल प्रजापतिले नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका खोटा विचारविरुद्ध संघर्ष गर्दै समाजवादी आन्दोलनअघि बढाउने लक्ष्यका साथ नेमकिपा स्थापना भएको बताउनुभयो ।
उहाँले समाजवादी बन्दोबस्त स्थापना नहुञ्जेल नेमकिपाले आफ्नो अविचल संघर्षलाई जारी राख्ने भन्दै भन्नुभयो,‘आफूलाई कम्युनिष्ट भन्न रुचाउने पार्टीहरुले देश बेच्ने काम हुनु समग्र कम्युनिष्ट आन्दोलनकै अपमान हो ।

दैलेख

देशलाई भारतीय एकाधिकार पूँजीको नवउपनिवेश बनाउने लक्ष्यका साथ प्रचण्ड नेतृत्वमार्फत भारतीय विस्तारवादले संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै भन्नुभयो,‘संविधान संशोधन प्रस्तावको पक्षमा वकालत गर्नेहरु भारतीय विस्तारवादका मतियार हुन् ।’
नेमकिपा दैलेख जिल्ला समितिका अध्यक्ष एवं केन्द्रीय सदस्य जग्यबहादुर शाहीले नेमकिपाले अराजकतावाद, संशोधनवाद र अवसरवाद विरुद्ध गरेको संघर्षका कारण नेपालको कम्युनिष्ट आन्दोलनमा नेमकिपा प्रकाशस्तम्भ भएको बताउनुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य बजिरसिं बिकले भ्रष्टाचार गर्ने, देशको सार्वभौमिकता विदेशीको हातमा सुम्पिने र देशद्रोहीहरुलाई अछुट बनाइनुपर्ने र समाजवादी व्यवस्था स्थापना पछि नेपाली जनतामा व्याप्त असमानताको अन्त्य हुने विचार राख्नुभयो ।
नेक्राशिसंघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले नेक्राशिसंघका सदस्यहरुले आफ्नो कर्तव्यप्रति इमान्दार भई राम्रा विद्यार्थीहरु तयार गरेर देश र जनताको सेवा गरिरहेको बताउनुभयो ।

आफूलाई कम्युनिष्ट भन्न रुचाउने पार्टीहरुले देश बेच्ने काम हुनु समग्र कम्युनिष्ट आन्दोलनकै अपमान हो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक