अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनुराधा थापामगर

का. अनुराधा थापामगर
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस यो वर्ष कसरी मनाउँदै हुनुुहुन्छ ?
जिल्ला–जिल्लामा कामदार वर्गका महिलाहरू भेला भई प्रवचन, बैठक, छलफलसहित मनाउँदै छौं । केन्द्रमा पार्टी अध्यक्ष का. रोहितको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा बुधबार बिहान ११ बजे ‘अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलन र नेपाल’ विषयक प्रवचन र सङ्घको मुखपत्र ‘केटीहरू’ बुलेटिनको सार्वजनिकीकरण कार्यक्रम हुनेछ । सोमबारको कार्यक्रममा सम्पूर्ण कामदार वर्गका दिदीबहिनी र दाजु–भाइहरूलाई सहभागिताको लागि अनुरोध गर्दछु ।
 श्रमिक महिला दिवस किन मनाउने ?
श्रमिक महिलाहरूको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक अधिकारको लागि यो दिवस मनाउने हो । सामन्तवाद र पूँजीवादी व्यवस्थामा कामदार वर्गका महिलाको लागि उल्लिखित अधिकार प्राप्त हुँदैन । यसको लागि जनताको प्रजातन्त्र र समाजवाद हुँदै साम्यवादमा पुग्नुपर्छ । देशको आमुल परिवर्तन र समाजवादी क्रान्तिबारे महिला दिदीबहिनीहरूलाई शिक्षित गर्ने उद्देश्यले हामी श्रमिक महिला दिवस मनाउँछौं ।


नेपाली श्रमिक महिलाको अवस्थाबारे केही भन्नुहुन्छ कि ?
हरेक पूँजीवादी देशमा झैं नेपालमा पनि हामी नेपाली श्रमिक महिलाहरूको स्वास्थ्य, शिक्षा र रोजगारीको प्रत्याभूति भएको छैन । गिटी, ढुंगा, बालुवा, इँटा, उद्योग, घर–भवन, बाटो निर्माणलगायतका श्रमिक महिलाहरूको काम गर्ने वातावरण स्वास्थ्यको प्रतिकूल पनि छ । ज्यालामा असमानता कायमै छ । ती श्रमिक महिलाहरूको सन्तानको पालनपोषणको कुनै प्रत्याभूति छैन । धेरै श्रमिक महिलाहरू वैदेशिक रोजगारीको नाममा वेखविचन जस्तै भइरहेका छन् । दिनको एक छाक खाएर भोकै सुत्नुपर्ने श्रमिक महिलाहरू पनि धेरै छन् ।
यो दयनीय अवस्थाबाट नेपाली महिलालाई मुक्त गर्ने बाटो के हुन् ?
श्रमिक महिलाहरूको जीवनमा सुख–शान्ति ल्याउन यो पूँजीवादी उत्पादन सम्बन्धलाई अन्त्य गरी सामाजिकीकरण नै गर्नुपर्छ । तत्कालको लागि सरकारले श्रमिक महिलाहरूलाई स्वदेशमा नै रोजगारी दिने, गाविस एवं नगरपालिकाको प्रत्येक वडामा शिशु स्याहार केन्द्र र बालोद्यान सञ्चालन गर्ने काम गर्नुपर्छ । यसले श्रमिक आमाहरूको उत्पादकत्व बढ्नेछ र जीवन गुजारा गर्न मद्दत पुग्नेछ । श्रमिक आमाहरूले आफ्ना सन्तानको पालनपोषण गर्न र शिक्षादिक्षा दिन नसक्दा सडक बालबालिका पनि बढ्दै छन् । लागु पदार्थ दुव्र्यसनीको संख्या पनि बढ्दो छ । सरकारले चेलीबेटी बेचबिखन गर्ने र लागु पदार्थ ओसारपसार तथा बिक्री गर्नेहरूलाई कडा कारबाही गर्न आवश्यक छ । महिला हिंसा एवं मानवताविरोधी गम्भीर अपराध गर्नेहरूलाई संविधान र ऐन–नियममै जन्मकैद र मृत्युदण्ड सजाय समेतको प्रावधान राखिनुपर्छ ।

संसदमा नेमकिपाका सांसदहरु

 नेपाली महिलाको हितमा तपाईले सदनमा कस्तो भूमिका खेल्नुभएको छ ?
पार्टीका हामी सांसदहरूले श्रमिक महिला र नेपाली कामदार वर्गका हितमा नै संसद र सडकमा भूमिका निर्वाह गर्दै आएका छौं । मावि कक्षासम्म निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा निःशुल्क, सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क, स्वदेशमै रोजगारीलगायत विषय हामीले संसदमा उठाउँदै आएका छौं भने सडकमा पनि यी विषय उठाएका छौं । नेपाली चेलीहरू भारत र भारतको बाटो हँुदै अन्य मुलुक(विशेष गरी खाडी) मा बेचबिखन भइरहेको रोक्न नेपाल र भारतबीचको सीमा नियमित गर्नुपर्ने विषय पनि हामीले निरन्तर उठाउँदै छौं । यस विषयमा हामीले २०७१ बैशाखमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पनि संसदमा राखेका थियौं । तर अहिलेसम्मका सरकारहरूले त्यसलाई छलफलमा ल्याएका छैनन् । भारतीय शासक वर्गले हाम्रो देशको संविधान निर्माणजस्तो आन्तरिक मामिलामा हस्तक्षेप गरी पारवाहन अधिकार समेत खोसी नेपालविरूद्ध नाकाबन्दी लगायो । तेल, ग्यासजस्ता अत्यावश्यक बस्तुमा रोक लगायो । नेपाली श्रमिक महिलाहरूको अवस्था त्यत्तिबेला कति पीडादायी थियो, सायदै कसैले कल्पना गर्न सक्ला ¤ त्यस समय हाम्रो पार्टीले मात्रै सडक र संसदमा भारतीय नाकाबन्दीको विरोधमा नारा लगायो, संघर्ष ग¥यो ।
छाउपडी, बोक्साबोक्सी, डायन, मानवबली जस्ता अन्धविश्वासबाट नेपाली श्रमिक तथा कामदार महिलालाई मुक्त गर्न हामीले संसदमा आवाज उठाइरहेका छौं । देश र जनताको हितको लागि राजनैतिक चरित्र, इमान्दारिता र देशभक्तिपूर्ण भावनाका साथ हामीले संसदमा प्रखर प्रतिपक्षको भूमिका निभाइरहेका छौं ।
अन्त्यमा केही भन्नुपर्ने केही बाँकी छन् भने…..
सरकारमा गएका पार्टीहरूको महिला मुक्तिको नाराले मात्र श्रमिक महिलाको हित हुँदैन । निर्दलीय पञ्चायती व्यवस्थाको तीस वर्षको नेपाल महिला संघ र बहुदलीय व्यवस्थाको पुनस्र्थापना र गणतन्त्रको २७ वर्षको महिला आयोगहरूले काम नगरेकैले नेपाली श्रमिक महिलाहरूले दुःख पाएका छन् । छाउपडी, बोक्साबोक्सी, डायनआदि अन्धविश्वास र कुप्रथा अन्त्य नहुनुमा आजसम्मका सरकार र तिनका मन्त्रीहरू दोषी छन् । हाम्रो संघ सम्पूर्ण कामदार वर्गका महिलाको शिक्षा, स्वास्थ्य र रोजगारीको प्रत्याभूत गराउन संघर्षरत छ ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक