थ्रेसहोल्डको नेमकिपाद्वारा विरोध

नेपाल मजदुर किसान पार्टीले व्यवस्थापिका संसदबाट बुधबार पारित भएको राजनीतिक दलसम्बन्धि विधेयकमा उल्लेखित थ्रेसहोल्डसम्बन्धि प्रावधानको विरोध गरेको छ । पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले बिहीबार एक प्रेस वक्तव्य जारी गरी सो बन्दोबस्तको विरोध गर्नुभएको हो । प्रेस विज्ञप्तिको पूरा पाठ यसप्रकार छ ः
२०७३ साल चैत्र ९ गते बसेको संसदको बैठकद्वारा पारित राजनैतिक दलसम्बन्धी विधेयकमा प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तिमा तीन प्रतिशत र पहिलो हुने निर्वाचन प्रणाली(प्रत्यक्ष)तर्फ एक सिट (स्थान) प्राप्त गर्ने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था गरेको प्रति नेपाल मजदुर किसान पार्टी गम्भीर आपति प्रकट गर्दछ । उक्त व्यवस्था देश र जनताको हित विपरीत, प्रजातन्त्र विरोधी र प्रतिगामी भएको नेमकिपाको ठहर छ ।

राजनैतिक दलहरु एक न एक सिद्धान्त र दर्शन, एक न एक वर्ग आधार र एक न एक आदर्श समाज निर्माण गर्ने उद्देश्यले स्थापना भएको हुन्छ । राजनैतिक दलहरु निर्वाचनको माध्यमबाट आ—आफ्नो सिद्धान्त प्रचार—प्रसार गर्छन् । नेपालमा प्रजातन्त्रको इतिहास युरोपमा जस्तो लामो छैन । थ्रेस होल्ड राखिनु दुई वा तीन दलीय तानाशाही लाड्ने पंचायती मानसिकता हो ।

राजनैतिक दलहरु एक न एक सिद्धान्त र दर्शन, एक न एक वर्ग आधार र एक न एक आदर्श समाज निर्माण गर्ने उद्देश्यले स्थापना भएको हुन्छ । राजनैतिक दलहरु निर्वाचनको माध्यमबाट आ—आफ्नो सिद्धान्त प्रचार—प्रसार गर्छन् । नेपालमा प्रजातन्त्रको इतिहास युरोपमा जस्तो लामो छैन । थ्रेस होल्ड राखिनु दुई वा तीन दलीय तानाशाही लाड्ने पंचायती मानसिकता हो ।
देश र जनताको पक्षमा काम गरेको, पार्टीको मुख पत्र प्रकाशित गरेको, समय समयमा जनसभा, अन्तरक्रियामार्फत पार्टीको विचार र देशको समसामयिक समस्या समाधानमा आफ्नो मतबाट जनतालाई राजनीतिक शिक्षा प्रदान गर्ने पार्टीलाई मात्रै राष्ट्रिय पार्टीको मान्यता दिनुपर्ने आवाज नेपाल मजदुर किसान पार्टीले उठाउँदै आएको हो । साथसाथै एउटा राष्ट्रिय पार्टीले अन्तर्राष्ट्रिय क्षेत्रमा देखा परेको युद्धको विरोध र विश्व शान्तिबारे समेत जनतामा प्रस्ट दृष्टिकोणबाट शिक्षित गरेको हुनुपर्छ ।
पूँजीवादी निर्वाचनमा प्रशासनिक शक्ति, अन्य भौतिक बल तथा पैसाको व्यापक दुरुपयोग हुने भएकोले निस्वार्थ रुपले जनता र देशको सेवा गर्ने दलहरुले निर्वाचनमा सदर मतको निश्चित प्रतिशत (थ्रेसहोल्ड) प्राप्त गर्न नसक्ने सम्भावना रहन्छ । सत्तामा रहने दलहरुले सदा प्रशासनिक शक्ति, पैसा र सामान बाँड्ने, भोजभतेर, अनेक पदको आश्वासन एवम् जाति, भाषा, क्षेत्र, धर्म आदि साम्प्रदायिक भावना फैलाई थ्रेसहोल्ड पूरा गर्नेछन् ।
नेपाली कांग्रेस, एमाले र एमाओवादीजस्ता पूँजीवादी दलहरु बरम्बार शासनमा गइ
देश र जनताको शोषण र दमन गर्छन्, अनेक भ्रष्टाचार र आर्थिक अनियमितता गर्छन् । त्यसलाई लुकाउने उद्देश्यले लागू गर्न खोजेको प्रजातन्त्रविरोधी र जनविरोधी थ्रेसहोल्डको प्रावधानको नेमकिपा जोडदार विरोध गर्दछ र त्यसलाई खारेज गराउन सडक र संसदमा संघर्ष गर्नेछ ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक