भक्तपुरमा मादल चिन्ह नभएको मतपत्र वितरणः नेमकिपाद्वारा दोषीमाथि कारबाही गर्न माग

चाँगुनारायण नगरपालिकाको ‘नगरकोट गाविस भवन मतदान केन्द्र’ मा मादल चिन्ह नभएको मतपत्र वितरण गरिएकोमा नेपाल मजदुर किसान पार्टीले विरोध जनाएको छ । करिब बाईस वटा मतपत्र मतदान भइसकेपछि मात्र एक मतदाताले मतपत्रमा मादल चिन्ह नभएको यथार्थ उठाएपछि सो विषय सार्वजनिक भएको वडा नं ६ अध्यक्षका लागि नेमकिपाका उम्मेदवार कुमार थिङले बताउनु भयो । मादल चिन्ह नभएको पत्तालागेपछि बाँकी रहेका ती मतपत्र मतदान अधिकृतले पोको पारी राखेको जानकारी प्राप्त भएको छ । मतपत्रको ठेली नवलपरासी जिल्लाको रहेको चाँगुनारायण नगरपालिकाको लागि नेमकिपा प्रमुख पदका उम्मेदवार न्हुछेभक्त फोंजूले बताउनु भयो । नेमकिपा पार्टी सचिव प्रेम सुवालद्धारा हस्ताक्षरित विज्ञप्तिमा एक जिल्लाको मतपत्र अर्को जिल्लामा वितरण गरिएकोप्रति निर्वाचन आयोग र नेपाल सरकारको ध्यानाकर्षण गर्दै घटनाको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

साथै सोही नगरपालिकाको वडा नं ९ को ताथली मतदान केन्द्रका मतदान अधिकृत भक्तपुर मालपोत कार्यायलयका कर्मचारी अरुण रञ्जितले मादल चिन्हमा मतदान गर्ने अशक्तहरुको आग्रह विपरीत गोप्य कोठामा गएर रुख चिन्हमा छाप लगाई दिएको मतदाताले मौखिक उजुरी गरेपछि मतदानसमेत केही समय रोकिएको खबर प्राप्त भएको छ । सो घटनामा अधिकृत रञ्जितले माफी मागेपछि मतदान सुचारु भएको थियो । निर्वाचन ऐन नियम र आचारसंहिता विपरीत क्रियाकलाप गर्ने मतदान अधिकृत रञ्जितलाई कारबाही गर्न नेमकिपाले निर्वाचन आयोग र नेपाल सरकारसँग माग गरेको छ ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक