एमाले नाममात्रैको कम्युनिष्ट

भक्तपुर, १८ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले वैशाख ३१ गतेको चुनावमा भोजभतेर खुवाउने, नोटको बिट्टा बाँड्ने, सामान बाँड्ने, झूटा आश्वासन दिने पार्टीका उम्मेदवारहरूले धेरै स्थानमा जितेको दाबी गर्नुभयो । बिहीबार भक्तपुरको सूर्यविनायकमा रफत सञ्चार क्लबले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेंले स्वतन्त्र, स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भएको भए नतिजा फरक हुने विचार राख्नुभयो ।

कम्युनिष्ट पार्टीको सिद्धान्तविपरीत एमालेले कार्य गरिरहेकोमा आपत्ति जनाउँदै एमाले नाममात्रैको कम्युनिष्ट भएको उहाँको ठहर हो । विगतका दिनहरूमा पनि एमालेले कांग्रेसको नीतिलाई अवलम्बन गरेको प्रस्ट पार्दै सोझो अर्थमा एमाले भाइकांग्रेस हो भन्नुभयो ।

कम्युनिष्ट पार्टीको सिद्धान्तविपरीत एमालेले कार्य गरिरहेकोमा आपत्ति जनाउँदै एमाले नाममात्रैको कम्युनिष्ट भएको उहाँको ठहर हो । विगतका दिनहरूमा पनि एमालेले कांग्रेसको नीतिलाई अवलम्बन गरेको प्रस्ट पार्दै सोझो अर्थमा एमाले भाइकांग्रेस हो भन्नुभयो ।
‘बोल्नेको पिठै बिक्ने, नबोल्नेको चामलै नबिक्ने’ उखान भए पनि आफ्नो चामल नै नबिकेको भन्ने प्रचण्डको भनाईमाथि खण्डन गर्दै उहाँले भन्नुभयो – ‘व्यापार पनि एउटा कला हो, तर बन्दुकले व्यापार गर्दैन न त आत्मसमर्पणले व्यापार बढ्छ । यसले देशको सार्वभौमिकता खतरामा पुग्छ र देशमा आतड्ढ मच्चाउँछ । शासन सत्तामा बस्दैमा प्रचण्ड सरकार सबै विषयमा पोख्त छ भन्ने होइन । यस्तै हुने हो भने कुन दिन प्रचण्डको बोली कहीं पनि बिक्नेछैन ।’
उहाँले दोस्रो चरणको चुनाव नहुँदै प्रचण्डको राजीनामा, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु र मन्त्रिमण्डल पुनःगठन गर्नेजस्ता आचारसंहिताविपरीतको काम प्रचण्ड सरकारले गरेको आरोप लगाउनुभयो । संसदनको नियमावलीमा पूर्वबजेट छलफल गर्ने प्रावधान भए पनि त्यसलाई छलफलै नगरी नियमावली निलम्बन गरी आर्थिक वर्षको बजेट पेश हुनु दुर्भाग्य भएको उहाँले बताउनुभयो ।
प्रचण्ड सरकारको नीति तथा कार्यक्रम र बजेटले देशको विकासमा कुनै ठोस् योजना र कार्यक्रम राख्न नसकेको गुनासो गर्दै उहाँले यो बजेट कनिका छरेजस्तै मात्र भएको बताउनुभयो ।
राष्ट्रिय जनता पार्टीलाई चुनावमा ल्याउन भनी २२ वटा स्थानीय तहको संख्या बढाउने निर्णय अराजकताको चरम उदाहरण भएको भन्दै अध्यक्ष रोहितले तराईका जनता चुनावको पक्षमा भएको र आफ्ना समस्याहरू स्थानीय तहमार्फत सम्बोधन हुनेमा त्यहाँको जनताको मत रहेको धारणा रहेको उहाँले बताउनुभयो ।
चीनको ‘एक क्षेत्र एक सडक’ अवधारणामा सामेल नभएको हुँदा आज भारत विश्वमा एक्लिंदै गएको उदाहरण दिनुहुँदै अध्यक्ष बिजुक्छेंले अब आउने नयाँ सरकारले छिमेकीसँगको सम्बन्धमा समान सन्तुलनमा अगाडि जान सुझाव दिनुभयो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक