‘हाम्रो प्रत्येक मत प्रतिक्रियावादी वर्गविरुद्ध बम बराबर’

भक्तपुर, १९ जेठ। ‘हाम्रो मत विचारको मत हो। यो चट्टानजस्तै हो, कसैले हल्लाएर हल्लिदैन। विपक्षले हाम्रो सङ्गठन भाँड्न करोडौं–करोड खर्च गरे तर जिल्ला–जिल्लाका साथीहरू निरन्तर सङ्घर्षरत छन्। हाम्रा एउटा–एउटा मत प्रतिक्रियावादीविरुद्ध बम–बारुदजस्तै हुन्।’

उपयुक्त विचार नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले शुक्रबार आयोजित बृहत् जिल्लास्तरीय महिला भेलामा व्यक्त गर्नुभएको हो।

‘पैसा बाँडेर जित्नेले पछि पछुताउनु पर्नेछ। त्यो एक प्रकारको अपराध हो। पैसा, सामान बाँड्ने काममा यो पटक एमालेले अरु दललाई उछिन्यो। पैसा, सामान बाँडेर जितेको मतले चेतनाको स्तर बढ्दैन।’ अध्यक्ष रोहितले स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो – ‘आफूभन्दा ठूलो अर्को शक्तिको दास बन्न र झुक्न तयार हुनेहरू नेमकिपालाई सानो भनी हेपिरहेका छन्। सानो भनी हप्नेहरूविरुद्ध बदलाको भावका साथ उठ्नुपर्छ।

कार्यक्रममा नेक्रामसङ्घका अध्यक्ष अनुराधा थापामगरले सिद्धान्त, नीति तथा कार्यक्रमको आधारमा नेमकिपा सबभन्दा ठूलो पार्टी भएको विचार राख्नुभयो।

नेमकिपा भक्तपुर जिल्ला समितिका कार्यवाहक अध्यक्ष सुरेन्द्रराज गोसाईले एनजीओको पैसा खर्च गर्ने पार्टीहरूले बढी मत पाएको भनाइ राख्नुभयो।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले महिलालाई स्वावलम्बी बनाउनुपर्ने तर्क गर्नुभयो।कार्यक्रममा सूर्यविनायक नपाका प्रमुख पदका उम्मेदवार मनशोभा त्वाती (सुवाल), चाँगु नपाका उपप्रमुख उम्मेदवार गीता काफ्ले, चाँगु नपा वडा नं ९ का निर्वाचित सदस्य कमला गिरीले आफ्नो अनुभव सुनाउनुभएको थियो।

आयोजक समितिका अध्यक्ष कमलमैया सुवालको सभापतित्वमा भएको कार्यक्रममा सचिव सुलोचना छ्वाजू, सदस्य नजरमाया बाटीले पनि बोल्नुभएको थियो।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक