नेमकिपाद्वारा ठाउँ ठाउँमा चुनावी सभा

बुटवल, ६ असार । नेपाल मजदुर किसान पार्टी रुपन्देहीले मङ्गलबार कञ्चन गाउँपालिकाका विभिन्न चोकमा चुनाव सभा तथा घरदैलो कार्यक्रम गरेको छ ।

हरैथाबजारमा सम्पन्न कार्यक्रममा नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले देशको विकासको लागि नेमकिपाले नमुना प्रस्तुत गरिरहेको चर्चा गर्दै गाउँ गाउँमा दक्ष जनशक्ति तयार गर्न स्थानीय तह आफैले तालिम केन्द्र तथा कलेजहरु सञ्चालन गर्नुपर्छ भन्नुभयो ।

पुर्तिघात बजारमा नेमकिपा रुपन्देहीका सचिव जगिलाल थापाले आमाहरुको श्रमशक्ति बढाउन गाउँगाउँमा बालोद्यान तथा शिशुशाला बनाउने चर्चा गर्दै ज्येष्ठ नागरिकहरुलाई वृद्धभत्तामात्र होइन आदर निकेतन पनि बताउने बताउनुभयो ।

कानापुर कुचेरा चोकमा आयोजित चुनावी सभामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुरेश परियारले भोट भनेको विचार भएकोले दुई–चार पैसाको लोभमा बेच्न नहुनेमा जोड दिनुभयो ।

वनकसी दियोबजारलगायत सबै कार्यक्रममा नेपाल मजदुर किसान पार्टीबाट कञ्चन गाउँपालिका अध्यक्षपदका उम्मेदवार नेत्रबहादुर नेपालीले कञ्चन गाउँपालिकाका व्यापक जनताको हितलाई ध्यानमा राखेर विकासमा जोड दिने बताउनुभयो ।

मोरङमा कोणसभा

त्यस्तै चुनाव प्रचारको क्रममा मोरङमा पनि मङ्गलबार कोणसभा भयो । स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारलाई मादल चिह्नमा मतदान गरी विजयी गराउन आह्वान गर्दै जिल्लाको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा कोणसभा आयोजना गरियो । कोणसभामा नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश थुसाले नेपाल मजदुर किसान पार्टी भ्रष्टाचारविरोधी र पारदर्शिता पक्षधर पार्टी भएको प्रस्ट पार्दै नेमकिपाको जीत सम्पूर्ण भ्रष्टाचारविरोधी जनताको हित हो भन्नुभयो ।

काङ्ग्रेस, एमाले, माओवादीजस्ता शासक पार्टीहरुले स्थानीय तहको निर्वाचनलाई झूटा आश्वासन र कालोधन सेतो पार्ने प्रतिस्पर्धा बनाएको चर्चा गर्दै नेमकिपा जनताको वैकल्पिक शक्ति हो भन्नुभयो ।

नेमकिपा मोरङका जिल्ला अध्यक्ष शालिग्राम राउतले पूँजीवाद र समाजवादको भिन्नताबारे प्रस्ट पार्दै नेमकिपा समाजवादको लागि सङ्घर्षरत छ भन्नुभयो ।

कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्षमा नेमकिपाका उम्मेदवार हिमप्रसाद तिमिल्सिना र स्थानीय अर्जुन गिरीले पनि बोल्नुभएको थियो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक