सय वर्षपछिको भक्तपुर

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले लेख्नुभएको ‘सय वर्ष पछि भक्तपुर’ पुस्तकको दोस्रो संस्करण 

अन्तर्राष्ट्रियतावाद र आशावादी भावनाबाट ‘सय वर्षपछिको भक्तपुर’ लेखियो

प्रथम संस्करण प्रकाशन भएको झण्डै दुई दशकपश्चात ‘सय वर्ष पछिको भक्तपुर’ को दोस्रो संस्करण सार्वजनिक हुँदैछ । दुई दशक पछि फर्केर हेर्दा तपाईले परिकल्पना गर्नुभएको समाजको हामी नजिक जाँदैछौं वा अझ टाढिदैंछौं ?

दुई दशकपश्चात ‘पछि फर्केर हेर्दा’ आफ्नो देश र नगरको कला र संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्ने चासो जनतामा बढ्दै गएको देख्छु । युग अगाडि बढ्दै जाँदा पर्यटन सेवाको विकासले नेपाल र नेपाली जनताका प्राचीन धरोहरहरू र सम्पदाहरूप्रति विदेशीहरूको जानकारी र ज्ञानको पिपासा बढ्दै गएको छ । यस अर्थमा हाम्रो परिकल्पनाको प्रकाशमा चमक थपिंदै गएको अनुमान हुन्छ । बढ्दै गएको पर्यटकहरूको संख्या, त्यस पेशामा संलग्न नेपालीहरूको संख्या र फैलिंदै गएको त्यस क्षेत्रको प्रगतिले त्यस परिकल्पनालाई पुष्टि गर्छ ।

झण्डै बीस वर्ष अघि कुन पृष्ठभूमि र लक्ष्यका साथ यो पुस्तक लेख्नुभएको थियो ?

संस्कृतिविद् जगदीश शमशेर राणाको ‘नाचगानको राजधानी–भक्तपुर’ मैले नख्खु जेलमा प्राप्त गरेको थिएँ र त्यसबारे एक टिप्पणी २०४७ साउनमा प्रकाशित भयो । मेरो विद्यार्थीकालमा अग्रजहरूको छलफल, देश–विदेशमा देखिएका विज्ञान र प्रविधिको विकास र संसारको राजनैतिक परिवर्तनहरूले ‘पचास वर्ष पहिले’ को नेपालको सम्झनालाई कथाको रुपमा अभिव्यक्त भएको थियो ।
विश्वमा बढ्दै गएको स्वतन्त्रता र मुक्ति आन्दोलन, प्रजातान्त्रिक र समाजवादी आन्दोलनको प्रकाशबाट नेपाल पनि अछुटो रहन सक्दैन भन्ने आशा, उत्साह र विश्वास स्वयम् वैज्ञानिक यथार्थता हो । त्यही भावनालाई पत्रात्मक छलफल अगाडि बढेको हो –‘पचास वर्ष पछिको नेपाल ।’
प्रजातन्त्रको पुनःस्थापनापछि बढ्दै गएको छिमेकी भारतीय एकाधिकारको थिचोमिचोले देशको स्वतन्त्रता र सार्वभौमिकतामा आएको ग्रहणले ‘पचास वर्षपछिको नेपाल’ को छलफल, चिन्ता र चासो अगाडि आयो ।
अन्तर्राष्ट्रियतावाद र आशावादी भावनाबाट ‘सय वर्षपछिको भक्तपुर’ लेखियो । पाठकहरु र जनताको चिन्ता र चिन्तनलाई देशको सुन्दर भविष्यतिर आकर्षित गर्ने उद्देश्यले ‘सय वर्षपछिको भक्तपुर’ लेखिएको थियो ।

प्रथम संस्करण प्रकाशनपछिको समयावधिमा नेपालको राजनीतिले कोल्टे फेरिसकेको अवस्था छ । देशमा गणतन्त्र स्थापना भयो ।

प्राकृतिक रुपमा पनि नेपाल र भक्तपुरले विनाशकारी भूकम्पको सामना गर्नुप¥यो । यी सबै घटनाक्रमले सय वर्ष पछिको भक्तपुर निर्माणलाई सहयोगी भूमिका खेल्यो वा नकारात्मक प्रभाव पा¥यो ?
देशको ‘गणतन्त्र’ मा शासक दलहरुका नयाँ–नयाँ राजा र महाराजाहरु देखिए । विनासकारी भूकम्पले धेरै ऐतिहासिक र सांस्कृतिक सम्पदा तथा धेरै जनधनको क्षति भयो । पुनःनिर्माणबारे सरकारहरुको यथोचित अगुवाई नहुँदा दुई वर्ष झण्डै जनताले अनावश्यक दुःख भोग्दैछन् । अब स्थानीय निकायको निर्वाचन पछि जनताले सय वर्षपछिको भक्तपुरलाई मेल हुने गरी आफ्नो कला संस्कृतिलाई जरुरै ध्यान दिने विश्वास छ । पुरानो नगरको पर्खाल बाहिरको निर्माणमा आधुनिकता पनि झल्किने छ ।

 बुद्धले एक स्वस्थ र बौद्ध वा बौद्धिक समाजको कल्पना गरे, थोमस मोरले एक ‘कल्पना लोक’ (Utopia-1516) को कल्पना गरे तथा प्लेटोले ‘गणतन्त्र’ (Republic-1576) को कल्पना गरे । समाजवादी र साम्यवादी चिन्तक र नेताहरूले उत्पादनका सबै साधन र सेवा सामाजिकीकरण भएको, आर्थिक समानता र शोषणरहित समाजको कल्पना गरे, गाउँ र सहरको बीचको भेद नभएको, मजदुुर र किसान, शारीरिक र बौद्धिक श्रमको भेद हट्ने, राज्यविहीन, वर्गविहीन र सम्पूर्ण समाज नै बद्धिजीवीकरण भएको नयाँ संसारको कल्पना गरेका थिए ।

नयाँ संस्करणमा थप नयाँ के छ ?

नयाँ संस्करणमा ‘दोस्रो संस्करणबारे’ प्रकाशकको भनाई, नेपाल र भक्तपुरको दुईटा नक्सा, भक्तपुरका जनताका सांस्कृतिक जीवनका केही नयाँ तस्वीहरू थपिएको छ – सानातिना त्रुटि सच्याइएको छ ।

 प्रथम संस्करण प्रकाशन सम्बन्धमा कस्ता–कस्ता सकारात्मक र नकारात्मक प्रतिक्रिया पाउनुभयो ?

प्रथम संस्करणको प्रकाशनमा धेरै सकारात्मक टिप्पणीहरू देखिए भने केहीले नेपाल र भक्तपुरको कला र संस्कृतिबारेका लेख हुन् र अन्य केही साहित्यिक रचनाहरुको संकलन भयो भन्ने टिप्पणी सुनियो । केहीले यसमा नेवार संस्कृतिको ‘कुमारी’ र नवदुर्गाजस्ता सांस्कृतिक विषयमा पनि कलम चलाउनुपर्ने सुझावहरु दिएका थिए ।

 राजनीतिमा लागेको व्यक्तित्वले यो परिकल्पनाको आवश्यकता किन महसुस गर्नुभयो ?

हरेक राजनैतिक दल स्वयम् एक आदर्श समाजको निर्माणले अनुप्राणित हुने गर्छ । यस अर्थमा दार्शनिक, चिन्तक, नेता र कार्यकर्ताले पनि नयाँ समाजको परिकल्पना गर्ने गर्छन् । युगअनुसार समाजको सकारात्मक पक्षलाई अझ परिमार्जन र नकारात्मक पक्षलाई एक–एक गरेर बिदा गर्नु समाजका चिन्तकहरूकै काम हो । बुद्धले एक स्वस्थ र बौद्ध वा बौद्धिक समाजको कल्पना गरे, थोमस मोरले एक ‘कल्पना लोक’ (Utopia-1516) को कल्पना गरे तथा प्लेटोले ‘गणतन्त्र’ (Republic-1576) को कल्पना गरे । समाजवादी र साम्यवादी चिन्तक र नेताहरूले उत्पादनका सबै साधन र सेवा सामाजिकीकरण भएको, आर्थिक समानता र शोषणरहित समाजको कल्पना गरे, गाउँ र सहरको बीचको भेद नभएको, मजदुुर र किसान, शारीरिक र बौद्धिक श्रमको भेद हट्ने, राज्यविहीन, वर्गविहीन र सम्पूर्ण समाज नै बद्धिजीवीकरण भएको नयाँ संसारको कल्पना गरेका थिए । नयाँ समाजकै निर्माण गर्न राजनैतिक कार्यकर्ताहरु अथक रुपले संघर्षरत छन् । सुन्दर भविष्यको कल्पना र चिन्तन नगर्ने नेता र कार्यकर्ताहरु अन्ततः गलत बाटोमा भौतारिनेछन् ।

 सय वर्ष पछिको भक्तपुरमा परिकल्पना गरिएको समाज स्थापना सत्ताको सहयोग बिना सम्भव नहोला । तर नेपाल मजदुर किसान पार्टी सरकारमा पनि नजाने । अनि कसरी ती परिकल्पना कार्यान्वयन सम्भव होला ?

आदर्श समाजको खाका विनाको राजनैतिक शक्ति र सत्ता नेपालका ‘माओवादी केन्द्र’ जस्तै असफल हुन्छ । यसकारण त्यो आदर्श समाजलाई कार्यान्वयन गर्न व्यापक जनतालाई शिक्षित र संगठित गर्नु आवश्यक छ । एक्लैले होइन व्यापक जनताको निरन्तरताको परिकल्पना, अथक प्रयत्न र निरन्तरको संघर्षले मात्र त्यो आदर्श समाजको निर्माण हुन्छ ।

अन्त्यमा केही थप कुरा छन् कि ?

विज्ञान र प्रविधिको विकासले मानव समाजमा अनेकौं परिकल्पनाहरू व्यवहारमा देख्दैछौं । प्रजग कोरियामा, क्युवा, चीन र अन्य समाजवादी देशहरूमा पनि फरक–फरक देशको विशेषताअनुसारको समाजवादलाई व्यवहारमा लागू गर्दैछन् । हो, समाजवाद र साम्यवादी समाजका पनि धेरै चरणहरू हुन्छन् ।

source : onlinemajdoor.com

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक