संसदमा चीन–भारत तनावको मुद्दा, भारतीय सेना फिर्ता गर्नुपर्ने आवाज

काठमाडौं, १५ साउन । नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापामगरले संसदको बैठकमा चीन–भारतबीच दोक्लाम क्षेत्रमा भइरहेको तनावको विषय उठाउनुभएको छ ।
उहाँले विभिन्न तथ्य तथ्याङ्कसहित हाल भारत र चीनबीच सैनिक आमनेसामने भइरहेको ठाउँ चीनकै भएकाले तत्काल भारतीय सशस्त्र बल फिर्ता हुनुपर्ने बताउनुभयो ।
‘पञ्चशीलको सिद्धान्तविपरीत भारतीय सेना चीनको दोक्लाम पसेकै कारण अहिले चीन–भारत तनावको स्थितिमा छन् । भारतले भुटानको संरक्षणको लागि चिनियाँ भूमिमा सेना पठाएको भनाई सत्य होइन ।’, सांसद थापामगरले भन्नुभयो ।
उहाँले संरा अमेरिकी साम्राज्यवादले चीन र भारतबीच तनाव बढाएर एसियामा तेस्रो विश्व युद्ध थोप्न खोजेको भन्दै भारतीय सेना चिनियाँ भूमिबाट फिर्ता नभएसम्म कुनै वार्ता नहुने चिनियाँ अडान उचित भएको धारणा राख्नुभयो ।
थापामगरले भन्नुभयो,‘संरा अमेरिकी साम्राज्यवादकै उक्साहटमा सन् १९६२ मा चीनसँग भएको सीमा युद्धमा भारतको हार भएको थियो । दक्षिण एसियामा छाडा साँढे बन्ने सपना त्याग्न र सबै छिमेकी र दक्षिण एसियाली देशहरुसँग मैत्रीपूर्ण सम्बन्ध राख्न भारत सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । ’

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक