बाढी पहिरोसम्बन्धमा नेमकिपाको प्रेस वक्तव्य

काठमाण्डौ, ३० साउन । नेपालको तराई डुबान र पहाडी क्षेत्रको पहिरोको कारण पीडित जनताको उद्धार तथा राहतको आह्वान गर्दै नेपाल मजदुर किसान पार्टीले सोमबार साँझ एक विज्ञप्ति प्रकाशित गरेको छ । पार्टीका केन्द्रीय सचिव प्रेम सुवालको हस्ताक्षरमा प्रकाशित विज्ञप्ति जस्ताको तस्तै प्रकाशित छ ।

केही दिन यता परेको अविरल वर्षाले नेपालको झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, सर्लाही, रौतहट, बारा, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, चितवन, पर्सा, नवलपरासी, कञ्चनपुरलगायत जिल्लामा बाढी र डुबान तथा ताप्लेजुङ, इलाम, उदयपुर, धनकुटा, मकवानपुरलगायत जिल्लामा पहिरोले ७० जनाभन्दा बढी मानिसको मृत्यु, दर्जनौं बेपत्तासहित भौतिक क्षति भएकोतर्फ पार्टीको गम्भीर ध्यानाकर्षण भयो । बाढीको कारण विराटनगर विमानस्थललगायत सुनसरीसम्मको अधिकांश भूभाग जलमग्न हुनुका साथै धनुषा–जनकपुर सडकमा ३ फूट माथिसम्म पानी जम्यो । चितवन–नारायणगढ सडक अवरूद्ध भयो । सप्तरी जिल्लामा मात्र ७० हजार मानिस पीडित भए, चितवनको सौराहा ५ फूट पानीले ढाक्यो । लक्ष्मणपुर बाँधको कारण बाँकेको राप्तीसोनारी गाउँपालिकाका फत्तेपुर, नरैनापुर, गंगापुर, मटेहिया, टिकुलीपुरलगायतका ठाउँहरू डुबानमा परेका छन् ।

रसियावाल खुर्दलोटन बाँधको कारण कपिलवस्तु तथा कोशी बाँधका कारण सुनसरी र सप्तरी जिल्ला जलमग्न भई धनजनको क्षति भएको छ । झापादेखि कञ्चनपुरसम्मको डुबान र जनधन क्षतिको कारण भारतीय विस्तारवाद र एकाधिकार पूँजीले नेपालको भूमि अतिक्रमण गरी बनाएको बाँध र तटबन्ध नै हो ।

कोसी, गण्डक र महाकाली बाँधमा भारतले ढोका नखोलेको कारण नेपाली भूमि डुबान र जनधन क्षति भएको हो । हिउँदमा एक थोपा पानी नदिने भारतले वर्षामा नेपालको हजारौं हेक्टर भूमि डुबानमा पार्दै आएको छ । के यो नेपाल–भारत मैत्रीको उपहार हो ?  भारतीय एकाधिकार पूँजीले नेपाललाई क्षति पुग्ने गरी बनाएका बाँध र तटबन्ध तत्काल अनुगमन गरी भत्काउन सरकारले आवश्यक पहल गर्नुपर्दछ । पालैपालो सरकारमा गएका पूँजीवादी पार्टीहरूले ११ वर्ष यता आ–आफ्ना कार्यकर्तालाई ४ अर्ब रूपैयाँ बाँडचुड गरे । तर बाढी र पहिरोबाट मुक्त गर्न कुनै पूर्र्वतयारी गरेनन् । ती पूँजीवादी पार्टीहरूले क्षतिको जिम्मेवारी लिदै जनतासँग माफी माग्नुपर्छ ।

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको जलस्रोत अरूण तेस्रोलगायत पञ्चेश्वर परियोजना भारतको कब्जामा दिने काम नगर्न नेमकिपा नेपाल सरकारलाई सचेत गराउँदछ ।बाढी–पहिरो पीडित जनताको शीघ्र उद्धार, पुनःस्थापना, घाइतेको उपचार र मृतकका परिवारलाई उचित राहत, क्षतिपूर्ति तत्काल उपलब्ध गराउन तथा भारतनिर्मित बाँध र तटबन्धका कारण भएका क्षतिको उचित क्षतिपूर्ति भारत सरकारसँग लिन नेपाल मजदुर किसान पार्टी माग गर्दछ र यस्तो सङ्कटको बेला सम्पूर्ण नेपाली जनतालाई एकताबद्ध भएर देशभक्तिपूर्ण भावना प्रदर्शन गर्न आह्वान

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक