ठूला पार्टीका एकतिहाइ केन्द्रीय सदस्य विदेशी एजेन्ट

भक्तपुर, १४ भदौ। ‘ठूला पार्टीका एकतिहाइ केन्द्रीय सदस्य विदेशी एजेन्टको रूपमा काम गरिरहेको ती पार्टीकै नेताहरूले बताउने गर्छन्।’

उक्त भनाइ रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा राख्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले नेपालकोे हरेक निर्णय गर्दा नेपालीले भन्दा पहिले विदेशीहरूलाई जानकारी गराउनु र पूर्वयोजनाअनुुसार काम गर्न सफल हुनुमा ठूला दलका तिनै एकतिहाइ विदेशी एजेन्टहरूको भूमिका रहेको बताउनुभयो।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा दिएको अभिव्यक्ति संसदको मर्यादाविपरीत रहेको र आफूले के बोल्दै छु भन्नेबारे जानकारी समेत देउवामा नरहेको बताउनुभयो।

संसद र संसदीय समितिहरूले भारतले बनाएको एकतर्फी बाँध र तटबन्ध भत्काउने निर्णय गरिसके तापनि सरकार चुप लागेर बस्नु तराईलाई बाढीको चपेटामा पार्ने काम भएको भन्दै उहाँले हाल बाढीपिडित राहत वितरणमा समेत सरकारले पक्षपात गरेको बताउनुभयो।

निर्वाचन आयोगले निर्वाचनका लागि तोकेको समयमै निर्वाचन सम्पन्न हुने भन्दै निर्वाचन आयोगलाई सरकारले प्रभाव र दबाबमा पारी मिति परिवर्तनलगायत अन्य काम गर्नु देशको हितअनुकुल नहुने उहाँले बताउनुभयो।

सिंहदरबारको अधिकार नगर र गाउँ गाउँमा भन्ने नारा दिएर जनतालाई सरकार र अन्य सत्तासीन दलका नेताहरूले भ्रमको खेती गरिरहेको अध्यक्ष बिजुक्छेंले बताउनुभयो।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक