भक्तपुर काण्डको स्मरणमा नयाँ पुस्ताका विद्यार्थीहरु

१७ भाद्र भक्तपुर ।हरेक नेताहरूको पछाडि विरोधी वा गुप्तचर रहेको हुनसक्छ। सरकारले भक्तपुरमा जातीय दमन नै गरेको थियो।

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ १२ औं राष्ट्रिय सम्मेलन तयारी समितिको आयोजनामा भक्तपुर काण्डको स्मरणमा आयोजित भक्तपुर काण्डबाट पीडित नेता, कार्यकर्ताका छोराछोरीहरूको भेलामा नेमकिपाका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले उक्त कुरा बताउनुभएको हो।

उहाँले भन्नुभयो–’जनताको सेवा गर्दा सहन नसकेका विरोधीहरू सङ्कीर्ण विचारका थिए। सरकारले २०४५ भदौ ५ को भूकम्पबाट पीडितको नाममा सहयोग गर्न खोजिएको नामावलीमा गैरपीडितहरूको नाम भएको कारण जनता आक्रोशित भएको हो।’

विश्व क्रान्तिको इतिहास अध्ययन नभएका कार्यकर्ताहरू डराउने औंल्याउँदै अध्यक्ष बिजुक्छेंले न्यायाधीशहरूले भक्तपुर काण्डको बेला न्यायप्रेमी जनताको पक्षमा निभाएको भूमिकाबाट प्रस्ट भएको बताउनुभयो।

नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले थ्रेसहोल्ड प्रतिगामी कदम भएको बताउँदै नेपाली काङ्ग्रेस, एमाले, माओवादीहरु बहुसङ्ख्यक जनताको पक्षमा नभएको जिकिर गर्नुभयो। भारतले नेपालमा २०२७, २०४५ र २०७२ साल गरी तीन पटक नाकाबन्दी गरेको बताउँदै उहाँले भारतले गरेको असमान सन्धि खारेज र नेपालको अहितमा बनाइएका बाँधहरू भत्काउनु पर्ने बताउनुभयो।

नेक्राविसङ्घका केन्द्रीय सदस्य नरेश खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय सचिव सविन ख्याजूले पनि बोल्नुभएको थियो।

सदस्य रमेश प्रजापतिले भक्तपुर काण्डबारे प्रस्तुति गर्नुभएको थियो। विद्यार्थीहरूले भक्तपुर काण्डबारे आ–आफ्नो बुझाइ बताउनुभएको थियो।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक