निःस्वार्थ सेवा गर्ने उद्देश्यले पार्टी गतिविधि भक्तपुर

भक्तपुर,  १७ भदौ। नेपाल क्रान्तिकारी युवा सङ्घको १० औं भक्तपुर नगर सम्मेलन एक समारोहबीच शनिबार सम्पन्न भयो।

सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले युवा कार्यकर्ताहरूले देश र जनताको निःस्वार्थ सेवा गर्ने उद्देश्यले पार्टी गतिविधिमा लाग्नुपर्ने बताउनुभयो।

उहाँले युवाहरू पार्टीको मेरूदण्ड हुने भएकोले युवाहरू अनुशासित भएर पार्टी प्रकाशनहरूको अध्ययन, अन्तरक्रिया गर्नुपर्ने र विभिन्न विषयमा ज्ञान राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

अध्यक्ष बिजुक्छेंले भन्नुभयो, ‘चुनावमा जनतालाई झूटा आश्वासन दिनु हुँदैन। चुनावलाई एक राजनैतिक व्यारोमिटरको रूपमा लिनुपर्छ।’

नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले युवा भनेको उमेरले नभई क्रान्तिकारी विचार र भावनाले हुने स्पष्ट पार्नुभयो।

उहाँले युवाहरूले पूँजीवादी विकृति–विसङ्गतिलाई उदाङ्ग्याउँदै समाजवादी व्यवस्थाको प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनुभयो।

पार्टीको दीर्घकालीन कार्यक्रमको रूपमा जनताको प्रजातन्त्र रहेको उहाँले स्पष्ट पार्नुभयो।

उहाँले भ्रष्टाचार, मानव बेचबिखन, जघन्य अपराध, जबरजस्ती बलात्कारजस्ता अपराधमा परेकालाई चुनावमा उम्मेदवार बनाउन नहुने विचार राख्दै पूँजीवादी शासक दलहरूले ल्याएको थे्रसहोल्डको प्रावधानको विरोध गर्दै जानुपर्ने आवश्यकता औंल्याउनुभयो।

नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवाल, नेक्रायुसङ्घका केन्द्रीय सहसचिव पाण्डव सुवाल, कोषाध्यक्ष महेन्द्र बखुन्छे, जिल्ला अध्यक्ष मीनबहादुर बाटा, जिल्ला सहसचिव एचएस सुवाल, नेक्रायुसङ्घ मध्यपुर नगर समितिका अध्यक्ष सुरेन्द्र था श्रेष्ठ, भनपा युवा तथा खेलकुद उपसमिति संयोजक श्यामकृष्ण खत्रीलगायतले आ–आफ्नो विचार राख्नुभएको थियो।

सम्मेलनमा नेक्रायुसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश थुसाले ल्याटिन अमेरिकी देशहरूमा समाजवादी आन्दोलनको अवस्थाबारेमा प्रशिक्षण दिनुभएको थियो।

सम्मेलनमा तयारी समितिका संयोजक रामप्रसाद ग्वाछा, राजाराम बासी, दिनेश प्रधान, जगतराम धुख्वालगायते बोल्नुभएको थियो।

सम्मेलनबाट जगतराम धुख्वाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक