ललितपुरमा भक्तपुर काण्डको विरोध

ललितपुर, १८ भदौ। नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले पञ्चायती राज्यस्तरद्वारा नेमकिपाविरूद्ध षड्यन्त्र गरिएको भक्तपुर काण्डको विरोध र भर्त्सना अहिलेका प्रतिक्रियावादीहरूलाई पनि खबरदारी नै भएको बताउनुभयो।

नेमकिपा ललितपुर जिल्ला समितिद्वारा आइतबार आयोजित भक्तपुर काण्डको भर्त्सना कार्यक्रममा सचिव सुवालले पञ्चायती निर्दलीय निरङ्कुशताजस्तै अहिले सरकारमा गएका दुई–तीन दलको निरङ्कुशताको खतरा बढ्दै गएको बताउनुभयो।

देश र जनताले दुःख पाएको र खाडी मुलुकमा नेपाली युवाहरू वैदेशिक रोजगारीको निहुँमा बेचबिखन भइरहेकोको दोषी सरकारमा गएका दलहरू नै भएको उल्लेख गर्दै उहाँले जनतालाई स्वदेशमा रोजगारी र शिक्षा एवं स्वास्थ्य सेवाको बन्दोबस्त गर्न नसक्ने पार्टीहरूलाई सरकारमा जाने र बस्ने अधिकार नभएको स्पष्ट पार्नुभयो।

पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले भक्तपुर काण्डलाई लिएर भक्तपुरमा मात्र दुःख दिएको नभई पार्टी सङ्गठन भएको अन्य जिल्लामा पनि पार्टीका नेता–कार्यकर्ताहरुलाई पक्राउ गरेको बताउनुभयो। नेमकिपा काठमाडौं जिल्ला समितिका सचिव राजवीर डंगोलले पार्टीका कार्यकर्ताहरूले हरेक क्षेत्रमा पुगेर जनताको सेवामा लाग्नुपर्ने बताउनुभयो। ललितपुर जिल्ला समितिका अध्यक्ष टीकाराम महर्जनको सभापतित्वमा भएको कार्यक्रममा बुद्ध शिल्पकार, सूर्यलक्ष्मी देशार र रविना महर्जनले पनि बोल्नुभएको थियो।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक