कृषकहरूद्वारा भक्तपुर काण्डको स्मरण

भक्तपुर, २० भदौ। प्रगतिशील नगर कृषक समूहको आयोजनामा मङ्गलबारकृषकहरूको प्रवचन कार्यक्रम भएको छ।

नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य नारायणबहादुर दुवालले २०४५ सालमा पञ्चायती सरकारले नेमकिपाको सङ्गठनलाई समाप्त गर्ने हेतुले षड्यन्त्र गर्दा पञ्चायत आफैं समाप्त भएको बताउनुभयो।

नेमकिपा नगर समिति भक्तपुरका सदस्य उपेन्द्र सुवालले राज्यस्तरबाट रचिएको षडयन्त्रले नेपाली जनतालाई थप आन्दोलित बनाएको बताउनुभयो।

आयोजक समितिका अध्यक्ष गणेशराम सुवालको सभापतित्वमा भएको प्रवचनमा  पृथ्वीकुमार प्रजापति र लक्ष्मीनारायण सुवाललगायतले भक्तपुर काण्डको संस्मरणमा बोल्नुभएको थियो।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक