थ्रेसहोल्ड जनअधिकारमाथि ताल्चा

भक्तपुर, २० भदौ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले थे्रेसहोल्डको जालझेल गरी सरकारले जनताको राजनीतिक एवम् मौलिक अधिकारमाथि ताल्चा मार्न खोजेको बताउनुभएको छ।

नेपाल क्रान्तिकारी महिला सङ्घ चाँगुनारायण नगरपालिका एकाइको आयोजनामा मङ्गलबार भएको कार्यक्रममा बोल्दै अध्यक्ष रोहितले प्रजातन्त्रका हिमायती भन्ने पार्टीहरूले ल्याएको थ्रेसहोल्डको प्रावधानले तीनै पार्टीको खुट्टामा बञ्चरो हानेको हुने धारणा राख्नुभयो।

उहाँले नेमकिपा सरकारमा नजाने तर प्रखर प्रतिपक्षमा रहेर देश र जनताको सेवा गर्ने दोहोर्‍याउँदै ठूला दलहरू तुच्छ स्वार्थमा रूमल्लिई विदेशीको दलाली गरिरहेको उल्लेख गर्नुभयो। अध्यक्ष रोहितले छद्मभेषी कम्युनिष्टहरूले देशको राजनीतिलाई अस्थिरता ल्याउन खोजेको भन्दै सरकारले विदेशीको निर्देशनमा नियम र कानुनविपरीत काम गरिरहेको बताउनुभयो।

कालो दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोंजूले नेमकिपाले देश र जनताको निःस्वार्थ सेवा गरिरहेको धारणा राख्नुभयो।

कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घ, भक्तपुर जिल्ला अध्यक्ष कमलमैयाँ सुवाल, नेमकिपा चाँगुनारायण नपाका सदस्य नारायणभक्त न्हेम्हाफुकी, चाँगु नपाका निर्वाचित वडा सदस्य कमला गिरी, चण्डिका पाण्डे, चण्डिका छुकांलगायतले बोल्नुभएको थियो।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक