देशको सीमा सुरक्षा नेपाली सेनालाई दिनुपर्ने

काठमाडौं, ४ असोज। नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नेपालको संविधानमा नेपाली सेनालाई नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डताको सुरक्षा गर्ने जिम्मेवारी भएको उल्लेख गर्दै नेपालको पूर्व, दक्षिण र पश्चिममा भारतले १०० भन्दा बढी ठाउँमा नेपाली भूमि ६० हजार हेक्टरभन्दा बढी अतिक्रमण गरेको विषयतर्फ रक्षा मन्त्रालय र नेपाली सेनाको ध्यानाकर्षण गराउनुभयो।

संसदको राज्य व्यवस्था समितिमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र विकास निर्माण विषयमा बुधबार छलफल गर्न उपस्थित रक्षामन्त्री भीमसेनदास प्रधान र प्रधान सेनापति रमीन्द्र क्षत्रीको ध्यानाकर्षण गर्दै सांसद सुवालले नेपाल–भारत खुला सीमामा भारतले बनाएका २०–२५ व्यारेज, बाँध र तटबन्ध निर्माण गरेकोले नेपालको तराई मधेसको असी प्रतिशत भूभाग डुबानमा परेको बताउनुभयो र क्षतिपूर्ति भारत सरकारसँग लिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

नेपाली सेनाले सडक, पुललगायत निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै सांसद सुवालले नेपाली सेनाद्वारा सञ्चालित स्कूल, कलेज र अस्पताल सर्वसाधारण जनताको लागि पनि खुला हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।

बैठकमा रक्षा मन्त्री प्रधानले जोखिम न्यूनीकरणको लागि नेपाली सेनालाई साधन सम्पन्न गर्नुपर्ने र सेनाको कार्यान्वयन पक्ष सकारात्मक भएकोले नै काठमाडौं निजगढ द्रुतमार्ग नेपाली सेनालाई दिने निर्णय भएको बताउनुभयो।

प्रधानसेनापति क्षत्रीले नेपाली सेनाले नेपालको सीमा स्तम्भको अभिलेख राखेको र सरकारले सीमामा सशस्त्र बललाई जिम्मा लगाएको उल्लेख गर्नुभयो।

बैठक समितिको सभापति दिलबहादुर घर्तीको अध्यक्षतामा भएको थियो।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक