युवा आन्दोलनको डरले विदेश लखेटिंदै नेपाली युवा

भक्तपुर, ५ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुञ0र गोष्ठीमा अध्यक्ष बिजुक्छें अगाडि बढ्ला भनेर तर्सेर भारतीय विस्तारवादको निर्देशनमा नेपालका शासकहरूले वैदेशिक रोजगारका नाममा नेपाली युवाहरूलाई विदेश लखेटेको हो भन्नुभयो ।

नेपाल क्रान्तिकारी युवा सङ्घको २७ औं स्थापना दिवसका अवसरमा सङ्घको केन्द्रीय समितिद्वारा आयोजित ‘समाजवादको गन्तव्य र युवा कार्यकर्ताको दायित्व’ विषयक विचार गोष्ठीमा अध्यक्ष बिजुक्छेंले युवा कार्यकर्ताहरूलाई जनताको घरदैलोमा पुगी देशको वास्तविकताबारे बुझाउन निर्देशन दिनुभयो । माक्र्स र माक्र्सवादबारे जानकारी हुने बित्तिकै कुनै व्यक्ति माक्र्सवादी र कम्युनिष्ट नहुने भन्दै उहाँले गैरकम्युनिष्ट नेतालाई ल्याएर कम्युनिष्ट पार्टीभित्र माक्र्सवादबारे प्रशिक्षण दिन लगाउनु हास्यास्पद भएको बताउनुभयो ।

उहाँले त्यसलाई संशोधनवादी नेताहरूले आफ्नो लाइनलाई सही ठह¥याउन वा पार्टी कार्यकर्तालाई अर्को भ्रममा पार्न त्यसो गरेको हुनसक्ने अनुमान गर्नुभयो । युवाहरूलाई सिद्धान्त र क्रान्तिप्रति समर्पित हुन सुझाउनुपर्नेमा जोड दिंदै अध्यक्ष रोहितले केही हजार रुपैयाँ पाउने बित्तिकै पार्टी त्याग्नेहरू विश्वासघाती भएका र त्यस्ताहरू जाँदैमा पार्टी संगठन कमजोर नहुने स्पष्ट पार्नुभयो । देशका सामन्ती पूँजीवादी पार्टीहरू र विदेशी दलालहरू विस्तारवादी र साम्राज्यवादीहरूको इशारामा एक भएको बताउँदै उहाँले देश जोगाउन देशभक्त कामदार वर्गका जनताको एकता अपरिहार्य छ भन्नुभयो । उहाँले पूँजीवाद र समाजवादबीचको सङ्घर्ष समुद्रको ज्वारभारा जस्तै भएको बताउँदै अन्तिम विजय समाजवाद र साम्यवादकै हुने निश्चित छ भन्नुभयो । कार्र्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला अध्यक्ष नारायण महर्जनले नवउदारवादीहरू, दलाल पूँजीपतिहरूको मनोमानी अन्त्य गर्न कामदार वर्गको पार्टीको नेतृत्वमा देशभक्त, बुद्धिजीवी र सेना र मजदुर–किसान जनताको शासन–जनताको प्रजातन्त्र स्थापना आवश्यक छ भन्नुभयो ।

उहाँले नेमकिपाको छैठौं महाधिवेशनबाट पारित जनताको प्रजातन्त्रको कार्यक्रम माक्र्सवाद–लेनिनवादले प्रतिपादन गरेको समाजवादी व्यवस्थामा पुग्ने खुड्किलो हो भन्नुभयो । नेमकिपाका अर्का केन्द्रीय सदस्य उकेश कवांले नेपालका सत्तामा गएका कम्युनिष्ट पार्टीहरू कम्युनिष्ट त के देशभक्त पनि बन्न नसकेको चर्चा गर्नुभयो । उहाँले माक्र्सवाद–लेनिनवाद र वैज्ञानिक समाजवाद नै आजको युगको नयाँ विचार भएको बताउँदै नयाँ विचार बोकेका युवामात्र क्रान्तिकारी युवा हुने बताउनुभयो ।

सभापतिको आशनबाट नेक्रायुसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश थुसाले ठूला भनाउँदा कम्युनिष्ट पार्टीका युवा संगठनहरूले आफ्नो विचारहीनतासँगै युवा आन्दोलनलाई विघटनतर्फ लान खोजेको बताउँदै समाजवाद स्थापनको लक्ष्यसहित अबको युवा आन्दोलन अगाडि बढ्छ भन्नुभयो । गोष्ठीमा सङ्घका केन्द्रीय उपाध्यक्ष राजवीर डंगोल, सचिव शंकर भण्डारी र सहसचिव पाण्डव सुवालले पनि आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक