व्यक्तिगत स्वार्थको लागि पार्टी छोड्ने घरको न घाटको

जुम्ला, ४ असोज। नेपाल मजदुर किसान पार्टी परित्याग गरेको भनी केही व्यक्तिहरूले जुम्लामा गरेको पत्रकार भेटघाटप्रति ध्यानाकर्षण गर्दै नेमकिपा जुम्ला जिल्ला समितिले बुधबार एक वक्तव्य प्रकाशित गरेको छ।

वक्तव्यमा कामदार वर्गलाई शासक वर्गको रुपमा उठाउन बृहत् कम्युनिष्ट पार्टीभन्दा उच्च विचार र लक्ष्य लिएको साँचो कम्युनिष्ट पार्टीको आवश्यक भएको उल्लेख छ। वक्तव्यको पूरा विवरण प्रस्तुत छः

मिति २०७४ असोज २ गते जुम्ला जिल्लामा पूर्णप्रसाद धितालले पत्रकार सम्मेलन गरी बृहत् कम्युनिष्ट पार्टी निर्माण अभियानको लागि आफ्नो नेतृत्त्वमा नेमकिपाका १ सय ३९ जना पार्टी कार्यकर्ताले राजीनामा दिएको जानकारी गराएको र आन्तरिक रुपमा नेकपा माओवादी केन्द्रसँग अपवित्र गठबन्धन गरी अन्य कार्यकर्तालाई पूर्ण रुपमा जानकारी गराई पार्टी प्रवेश गराउने जस्तो घृणित कार्यमा संलग्न भएको जानकारी पार्टीलाई भयो।

कामदार वर्गलाई शासक वर्गको रुपमा उठाउन बृहत् कम्युनिष्ट पार्टी नचाहिने र त्यसका लागि उच्च विचार र लक्ष्य लिएको साँचो कम्युनिष्ट पार्टी आवश्यक हुने र त्यस्तो लक्ष्य लिएको एक मात्र पार्टी नेमकिपा भएको ठोकुवा गर्दछौं। इतिहासले देखाइसकेको छ। लोभ र व्यक्तिगत स्व्ाार्थको लागि कार्यकर्ता भड्काउने कार्यमा संलग्न भएकाहरूको हविगत घरको न घाटको भएका यथेष्ट उदाहरणहरू छन्। तत्सम्बन्धी सबै विवरण बुझ्दा त्यसमा उल्लेखित भएका पार्टी कार्यकर्ताहरूमध्ये केही जिल्ला बाहिर रहेका, ६ जनाको दोहोरो नाम समावेश भएको, आफ्ना सबै परिवारको नाम उल्लेख भएको, २० जनाको दस्तखत नभएको र ३० जनाले उक्त कार्यको विरोधमा पार्टीमा झूट र कृत्य हो भनी जानकारी गराएको र निज स्वयं पनि नेमकिपाको कुनै जिम्मेवारीमा नरहेको हुँदा पार्टी कार्यकर्ताहरूलाई हतोत्साहित नहुन अपिल गर्दै निज पूर्णप्रसाद धितालको पार्टी सङ्गठन भत्काउने उद्देश्यको सशक्त प्रतिकारमा उत्रन आमकार्यकर्तालाई निर्देशन गर्दछु।

वक्तव्यमा नेमकिपा जुम्ला जिल्ला समिति अध्यक्ष शिवलाल डाँगीले हस्ताक्षर गर्नुभएको थियो।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक