एमाले, माके र नशपा कम्युनिष्ट नै होइनन्, के को कम्युनिष्ट एकता ?–बिजुक्छें

भक्तपुर, १८ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी तीन वटै दल कम्युनिष्ट पार्टीहरु नभएको हुनाले मङ्गलबार तीन दलबीच भएको सहमतिलाई ‘कम्युनिष्ट एकता’ भन्नु गलत हुने बताउनुभएको छ ।

‘यो पूँजीवादी पार्टीहरुको तालमेल हो । यो कुनै सैद्धान्तिक एकता होइन । चुनावी तालमेल मात्र हो ।’

बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले तीन दलबीचको एकता भारतीय बिस्तारवादको हितमा संविधान सशोधनको लागि आवश्यक दुईतिहाई बहुमत पु¥याउन चालिएको रणनीति भएको बताउनुभयो ।
तीन दलको सहमतिको कुनै सैद्धान्तिक आधार नभएको उहाँको भनाई छ ।
‘यो पूँजीवादी पार्टीहरुको तालमेल हो । यो कुनै सैद्धान्तिक एकता होइन । चुनावी तालमेल मात्र हो ।’, अध्यक्ष रोहितले भन्नुभयो ।
उहाँले एमाले र माओवादी केन्द्रले कम्युनिष्टको खोल ओढेर जनतालाई झुक्याउने काम गरिरहेको र उनीहरुबीचको एकताले देशलाई कुनै हित नगर्ने धारणा राख्नुभयो ।
तीन दलबीचको एकता भारतीय शासक वर्गको डिजाइनअनुसार भएको चर्चा गर्दै बिजुक्छेंले वाम एकताको नाममा सत्तामा जाने खेलबारे जनता सजग हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
‘एमाले र माओवादी केन्द्रबीचको तालमेल अरु केही नभई देश सिध्याउने कदम हो ।’,उहाँले भन्नुभयो ।
चुनावमा मतसीमाको प्रावधान कम्युनिष्ट पार्टीहरुको मुद्दा हुन नसक्ने विचार व्यक्त गर्दै उहाँले प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा आवाज उठाउने नेमकिपाको नीतिमा कुनै परिवर्तन नआउने प्रष्ट पार्नुभयो ।
‘इमान्दारीपूर्वक कम्युनिष्ट भएर देश र जनताको सेवा गर्ने हाम्रो लक्ष्यमा कुनै हेरफेर भएको छैन ।’, उहाँले भन्नुभयो ।
उहाँले समयान्तरमा एमालेलाई भाईकाँग्रेस भएको भन्ने नेमकिपाको विश्लेषण प्रमाणित भएको बताउनुभयो ।
उहाँले एमाले नेता माधव नेपाललाई प्रधानमन्त्री बनाएर नेकाँसहितको नयाँ गठबन्धन सरकार बन्ने सम्भावना भएको विश्लेषण गर्नुभयो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक