नेमकिपाको पूर्ण बैठक सम्पन्न

नेपाल मजदुर किसान पार्टी

भक्तपुर, १८ असोज । नेपाल मजदुर किसान पार्टीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिन घोषणापत्र तयार गर्न अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) लाई जिम्मा दिएको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको हो ।

नेमकिपाका अध्यक्ष रोहितको अध्यक्षतामा भक्तपुरमा बसेको बैठकले निर्वाचनमा भाग लिने उम्मेदवार छनोट गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दियो । बैठकले पार्टी सचिव प्रेम सुवालको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

त्यस्तै निर्वाचनमा भाग लिन उम्मेदवारलाई दिइने पार्टीको औपचारिक पत्रमा पार्टीका सचिव प्रेम सुवालले हस्ताक्षर गर्ने भएको छ ।  बैठकले नेमकिपाको विधानअनुसार नेपाल क्रान्तिकारी युवा सङ्घको केन्द्रीय समिति विघटन गरेको छ । जिल्ला पार्टी स·ठनकै निर्देशनमा जिल्लाका युवा स·ठनहरु परिचालन गर्ने बैठकले निर्णय ग¥यो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक