देश र जनताको हितका लागि नेमकिपा सधैं सक्रिय

भक्तपुर, २९ असोज । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ ८ वडा समितिको आयोजनामा शनिबार बधाई ज्ञापन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेमकिपाले देश र जनताको हितको लागि सधैं काम गरिरहेको जानकारी दिनुभयो । उहाँले चुनावको समयमा पैसा खाएर जित्ने एमाले, माओवादी, काँग्रेस पार्टीबाट जनतासचेत हुनुपर्ने बताउनुभयो । ‘वाम एकता संविधान संशोधन गर्नको निम्ति भारतको निर्देशनबाट आएको हो । ठूला पार्टीहरू भारतकै इसारामा नाच्ने पार्टी हुन् ।’ सांसद सुवालले बताउनुभयो ।
भनपा प्रमुख सुनिल प्रजापतिले विचार र स्वाधीनता बन्देज गर्नको लागि थे्रसहोल्ड आएको हो, भन्नुभयो ।
८ वडाका वडा अध्यक्ष महेन्द्र खायमलीले अपराधीहरूलाई भिœयाउने पार्टीहरूलाई राष्ट्रिय स्तरबाट नै खण्डन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
वागीश्वरी मा.वि.का प्रध्यानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउनको लागि अतिरिक्त कार्यक्रमहरूले सहयोग पुग्ने भएकाले यस्ता कार्यक्रमहरू समय–समयमा आयोजना गर्नुपर्ने विचार प्रकट गर्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ ८ वडाका अध्यक्ष सुनिल कोजूको सभापतित्वमा भएको कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय सचिव सविन ख्याजु, नगर समितिका राजिव सुवाललगायतले पनि बोल्नुभएको थियो । शैक्षिक सत्र ०७३ सालमा माध्यमिक तह, स्नातक तह, स्नातकोत्तर तह, एम.फिल उत्तीर्ण विद्याथीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक विधाहरू प्रस्तुत गरेका थिए ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक