देशभक्तिपूर्ण आन्दोलनमा समाहित होऔं !

प्रदेश सभा १ (ख) का. सुरेन्द्रराज गोसाई

आजभन्दा सय वर्ष अगाडि युरोपको एउटा दरिद्र मुलुक रुसमा समाजवादले विजयको झण्डा फहरायो । कामरेड लेनिनको नेतृत्वमा भएको अक्टोबर समाजवादी क्रान्तिको शत्वार्षिकी संसारभरि विभिन्न गतिविधिका साथ मनाइँदैछ । समाजवादका पक्षधर, साम्राज्यवादविरोधी न्यायप्रेमी जनता, फासीवादविरुद्ध जुझिरहेका शान्तिकामीहरू, मुक्ति एवं स्वाधीनताको निम्ति सङ्घर्षरत जनता आज फेरि ऊर्जा प्राप्त गर्दैछन् । हिजोको समाजवादी क्रान्तिको विजय तथा अतुलनीय उपलब्धि एवं सफलता र विश्वब्यापीरुपमा उठेको समाजवादको लहर, स्वतन्त्रता एवं स्वाधीनताको लडाइँ एवं सङ्घर्षबारे फेरि ब्यापक छलफल चलिरहेको छ । नेपाली कामदार जनता, साम्राज्यवाद विरोधीहरू तथा स्वाधीनताप्रेमीहरूमा हामी हार्दिक शुभकामना तथा सङ्घर्षशील अभिवादन गर्दछौं यही सुखद् अवसरमा । साथै विश्वका न्यायप्रेमी तथा कामदार जनताको सङ्घर्ष, आन्दोलनप्रति ऐक्यबद्धता जनाउँछौं । आजभन्दा सय वर्ष अगाडि युरोपको एउटा दरिद्र मुलुक रुसमा समाजवादले विजयको झण्डा फहरायो । कामरेड लेनिनको नेतृत्वमा भएको अक्टोबर समाजवादी क्रान्तिको शत्वार्षिकी संसारभरि विभिन्न गतिविधिका साथ मनाइँदैछ । समाजवादका पक्षधर, साम्राज्यवादविरोधी न्यायप्रेमी जनता, फासीवादविरुद्ध जुझिरहेका शान्तिकामीहरू, मुक्ति एवं स्वाधीनताको निम्ति सङ्घर्षरत जनता आज फेरि ऊर्जा प्राप्त गर्दैछन् । हिजोको समाजवादी क्रान्तिको विजय तथा अतुलनीय उपलब्धि एवं सफलता र विश्वब्यापीरुपमा उठेको समाजवादको लहर, स्वतन्त्रता एवं स्वाधीनताको लडाइँ एवं सङ्घर्षबारे फेरि ब्यापक छलफल चलिरहेको छ । नेपाली कामदार जनता, साम्राज्यवाद विरोधीहरू तथा स्वाधीनताप्रेमीहरूमा हामी हार्दिक शुभकामना तथा सङ्घर्षशील अभिवादन गर्दछौं यही सुखद् अवसरमा । साथै विश्वका न्यायप्रेमी तथा कामदार जनताको सङ्घर्ष, आन्दोलनप्रति ऐक्यबद्धता जनाउँछौं ।विश्व कम्युनिष्ट आन्दोलन नागबेली बाटो हुँदै अगाडि बढ्दैछ । नब्वेको दसक अर्थात् आजभन्दा २५–२६ वर्ष अगाडि सोभियत समाजवाद ढल्यो । खु्रश्चेभदेखि गोर्वाचोभसम्मका विश्वासघातीहरू, धोकेबाजहरूको कारण विश्व समाजवाद रक्षात्मक स्थितिमा पुग्यो । पूर्वी युरोप र अन्य देशमा समाजवादी व्यवस्थाले हार बेहो¥यो । विश्व साम्राज्यवाद झन् आक्रामक ढङ्गमा प्रस्तुत भयो । कयौं कम्युनिष्ट पार्टीहरू विघटन गरिए । नेपाली कम्युनिष्ट आन्दोलनमा पनि सैद्धान्तिक विचलन झन् प्रस्ट भयो । बर्नस्टिनहरू, खु्रश्चेभ र गोर्वाचेभहरू खुल्लमखुला देखापरे । ‘जनताको बहुदलीय जनवाद’ को नाउँमा एमालेले पूँजीवादको पतनको बाटो रोज्यो । ‘कम्युनिष्ट पार्टी’ त ट्रेडमार्क सिवाय केही होइन, भोट बटुल्ने एउटा उपायबाहेक केही होइन भन्ने स्पष्टिकरण एमालेको तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले दिए । पूँजीवादी सरकारमा भाग लिँदै राष्ट्रिय सम्पत्ति निजीकरण गरी देशको अर्थतन्त्र ध्वस्त पार्ने, देशको प्राकृतिक स्रोत साधन भारतीय एकाधिकार पूँजीको हातमा सुम्पने, भारतीय विस्तारवादको पक्ष लिने, साम्राज्यवादी नाटो देशका एनजीओ÷आइएनजीओमार्फत देशलाई नवउपनिवेश बनाउने काम एमालेले ग¥यो । एमाले आज आइएनजीओ अर्थात् डलरको दास सावित हुँदैछ । त्यतिमात्र होइन, नेपाली राजनीतिलाई अपराधीकरण गर्न एमालेको ठूलो हात छ । एमाले डन, गुण्डा, तस्कर, कालाबजारियाहरूको पार्टी बनिसकेको स्वयम् एमाले नेता कार्यकर्ता अस्वीकार गर्दैनन् । त्यसकारण, नेमकिपाले समयमै सरल भाषामा घोषणा गरेको हो – एमाले जाली फटाहाहरूको पार्टी हो । सैद्धान्तिक रुपमा नेमकिपाले भनेकै हो – एमाले भाइ काङ्ग्रेस हो । यसरी नेपाली कम्युनिष्ट आन्दोलनमा एमालेले विसर्जन, विघटनको बाटो लिई नेपाली जनतामाथि विश्वासघात ग¥यो । इतिहासले त्यसलाई माफी दिने छैन । जसरी गोर्भाचोभ घृणाको पात्र बने नेपाली कामदार जनताले पनि आत्मसमर्पणवादी तथा विश्वासघातीहरूलाई सजाय दिनेछन् । कम्युनिष्टको खोल ओढेर कम्युनिष्टकै बद्नाम गर्ने, साम्राज्यवादको पक्ष लिनेहरू एकदिन अवश्य दण्डित हुनेछन् । आज एमाले एकताको बाँसुरी बजाएर कम्युनिष्ट आन्दोलनमा भाँजो हाल्ने, सोझा–सीधा नेपाली कामदार जनतालाई झुक्याउने–अल्मल्याउने दुष्प्रयास गर्दैछ, बिनाभौतिक हमला कम्युनिष्ट आन्दोलन मिल्काउने या अन्त्य गर्ने षडयन्त्र गर्दैछ । उसको एकताको बाँसुरीको धुनले केही अवसरवादीलाई नचाउला, पदलोलुपलाई लठ्याउला तर सचेत जनतालाई फसाउन सक्ने छैन । एमालेको यो सत्ताको फोहोरी खेल, असैद्धान्तिक राजनीतिका जालमा प्रचण्ड र माओवादी केन्द्र पर्नु कुनै आश्चर्य होइन । लाटो खान्छ एक बल्ड्याङ्ग, बाठो खान्छ सय बल्ड्याङ्ग भनेको यही हो । अवसरवादीहरूको यो गठबन्धनलाई एक सचेत नेपाली नागरिकले ठिकै भने– यो गठबन्धन होइन ठगबन्धन हो । ठगहरू यसरी एक भइरहेको बेला नेपाली दाजुभाइ – दिदीबहिनीहरू जरुर सचेत हुन आवश्यक छ । ठगहरूलाई ठेगान लगाउन हामी सबै उठ्नुको विकल्प छैन । ठगहरूले रातो लुगा लगाउँदैमा अब विश्वास गर्नु कदापि हुँदैन । रातो लुगा लगाएपनि, लालसलाम बोलेपनि ठग ठग नै हो । एक सामान्य ठगले दुई–चार हजारदेखि दुई–चार लाख र दुई–चार करोड ठग्ला तर यी ठगहरूले देशै ठगिरहेका छन् , दिउँसै ठगिरहेका छन्, सिंहदरवार र बालुवाटारको आशनमा बसेर ठगिरहेका छन् । राजनीतिक रङ्गमा, कम्युनिष्टको आवरणमा आइरहेका ठगहरूलाई उदाङ्ग्याउनु र दण्ड दिनु नै आजको प्रमुख चुनौती हो । दश वर्ष जनयुद्ध को नाउँमा उपद्रोह मच्चाएकाहरू, अराजकता देखाएकाहरू, भारतीय एकाधिकार पूँजीको दास बनेकाहरू र बहुदलको पुनः स्थापना पश्चातदेखि सत्तामा बसेर ब्रम्हलुट गर्ने, देश कङ्गाल बनाउनेहरू आज ठगीको अर्को जाल फिजाउँदै छन् । तिनीहरू भन्दैछन्–अब हामीलाई बहुमत देऊ अनि देखाउँछौं । ठगहरू जनतालाई धम्की दिंदै गरिरहेका छन् । बहुमत नदिए अनिष्टको धम्की दिइरहेका छन् । स–साना जतिलाई सिध्याइदिने खुलेआम घोषणा गर्दैछन् । तिनीहरू निसञ्कोच युद्धसरदार बनिरहेका छन् । यी आजका युद्धसरदारहरूको स्थिति पनि भोलि गल्लीको कुनै भुस्याहा कुकुरको जस्तो नबन्ला भन्न सकिन्न । इतिहास भन्छ हिजो लेण्डुप दोर्जेले पनि सुरुमा बहुमत नै खोजेका थिए र पाए पनि, तर त्यो बहुमतबाट सिक्किमलाई भारतमा मिलायो, के यिनीहरू त्यही लेण्डुपको बाटोमा त छैनन् ? भारतीय विस्तारवादको इशारामा मिल्ने बाध्यता नत्र के को निम्ति ? मतसीमा (थ्रेसहोल्ड) भारतलाई खुसी पार्नलाई ल्याउनुपर्नाका अरु के कारण छन् ? हामीलाई पूर्ण विश्वास छ, भारतीय विस्तारवाद मूर्दावाद को नारा संसदमा बन्द गराउने सुनियोजित षड्यन्त्र जनताले विफल पारेर देखाउने छन् । याद गर, स्वतन्त्रताका सिपाहीहरूको लागि स्वाधीनताप्रेमीहरूको निम्ति सडक सधैं सधैं चौडा हुन्छ, सदा–सर्वदा खुला हुन्छ । जनताको आवाज थुन्ने तागत कुनै तानाशाहसँग हुँदो हो त जारहरू, च्याङ्काइसेकहरू ढल्ने थिएनन् । भारतीय एकाधिकार पूँजी र त्यसका नेपाली दासहरूविरुद्ध नेमकिपाको सङ्घर्षलाई कसैले छेक्न सक्ने छैन । उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरू, नेपाली जनताको जिम्मेवारी आज बढेको छ । कम्युनिष्ट आन्दोलन बिसर्जनमा टुङग्याउन खोज्ने नेपाली बर्नस्टिन, खु्रश्चेभ र गोर्वाचोभविरुद्ध सङ्घर्ष गर्दै नेपालको स्वतन्त्रता, स्वाधीनता एवं सार्वभौमिकता रक्षा गर्ने, नेपाली राजनीतिभित्रका लेण्डुप दोर्जेहरूलाई परास्त गर्नु हाम्रो आजको गहन जिम्मेवारी हुन आएको छ । तसर्थ, नेमकिपाको वैचारिक तथा सैद्धान्तिक अभियान, समाजवादी प्रचार आन्दोलनलाई थप तीव्र बनाऔं । वैदेशिक हस्तक्षेप विरुद्धको सङ्घर्ष र सार्वभौमिकता रक्षाको देशभक्तिपूर्ण आन्दोलनमा समाहित होऔं । अन्तमा सामाजिक सञ्जालमा भाइरल भएको एउटा कवितांश

उहिले उहिले, यहाँचोरहरू शासन गर्दैनथे ।

केही साथीहरूले थपे

उहिले उहिले, यहाँडन तस्करहरू शासन गर्दैनथे ।

म यहाँ थप्न चाहन्छु

उहिले उहिले, यहाँ ठगहरू, लुटेराहरू मन्त्री बन्दैनथे
उहिले उहिले, यहाँ जाली–फटाहाहरू पार्टी खोल्दैनथे ।

उहिले उहिले, यहाँ गुण्डाहरू टीका लाएर पार्टी प्रवेश गर्दैनथे ।

 

मङ्गलबार नेमकिपा भक्तपुरले आयोजना गरेको जनसभामा व्यक्त विचार

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक