चिनियाँ कम्युनिष्ट पार्टीलाई नेमकिपाको शुभकामना सन्देश

चिकपाको १९ औं राष्ट्रिय महाअधिवेशनको जानकारीले नेमकिपा केन्द्रीय समितिका सबै कामरेडहरू र सम्पूर्ण पार्टी सदस्यहरूको निम्ति खुशीको विषय बनायो ।चिकपाको १९ औं राष्ट्रिय महाअधिवेशनको जानकारीले नेमकिपा केन्द्रीय समितिका सबै कामरेडहरू र सम्पूर्ण पार्टी सदस्यहरूको निम्ति खुशीको विषय बनायो । चिकपाले चिनियाँ विशेषता भएको समाजवादको झण्डालाई माथि उठाउँदै आफ्नो देशको आर्थिक प्रगति, राजनैतिक स्थिरता र रक्षा मामिलामा गरेको सफलताले एसिया, अफ्रिका, ल्याटिन अमेरिकी देशहरू र त्यहाँका जनताको निम्ति उत्साह र सन्तोषको विषय बनेको छ ।

माक्र्सवादलाई व्यवहारिक रुपमा लागू गर्दाको अनुभव र अन्तर्राष्ट्रिय कुटनैतिक क्षेत्रमा चीनले गरेको कुटनैतिक सफलता साँच्चै प्रशंसनीय छ । रेशम मार्गमा जोडिने सबै छिमेकी र मित्र देशहरू र संसारका सबै विकासोन्मुख देशहरू चीनसँग समृद्धिको बाटोमा सँगै जाने हुँदा ‘चिनियाँ सपना’ चिनियाँ जनताका साथै विश्वकै जनताको सपना बन्नेछ । व्यवहार र समयले चीनको सपनालाई संसारकै ‘साझा सपना’ सावित गर्नेछ । चीनको प्राचीन रेशम मार्गले चीन एवम् मित्र देशहरूबीचको व्यापार र कुटनैतिक मार्ग बन्यो । २१ आंै शताब्दीको ‘रेशम मार्ग’ को सोच एक युगान्तकारी र दूरदर्शी चिन्तन हो ।

‘रेशम मार्ग’ र सम्बन्धको चिन्तन संसारको निम्ति चिनियाँ जनताको योगदान थियो । बीचमा कुनै बाधा–व्यवधान आएन भने ‘चीनको सपना’ २१ औं शताब्दीमा विश्वका सबै देश र मानव जातिकै ‘साझा सपना’ सावित हुनेछ । महामहिम कामरेड सि जिङपिङको नेतृत्वमा आर्थिक, राष्ट्रिय रक्षा, सेना र हात–हतियारमा गरेको आधुनिकतम प्रगतिले विश्व शान्तिको निम्ति एक बलियो आधारको रुपमा लिइँदैछ । यो अतुलनीय प्रगति कामरेड महासचिवको सुदृढ नेतृत्वको सफलता हो । एसिया र संसारमा देखिएको धर्मको नाममा देखिएको अन्धराष्ट्रवाद र फासीवादको नयाँ संस्करण र आतड्ढवाद अमेरिकी साम्राज्यवादकै जलमलमा विकास भएको समस्या हो । यसबारे पनि जनवादी गणतन्त्र चीनको विदेश नीति अत्यन्त संयमित र सन्तुलित कुटनैतिक कौशलको रुपमा लिइँदैछ । यसले चीनले इतिहासमा कहिले अरु देशमाथि प्रभुत्व नखोजेको र चीनको प्राचीन दर्शन र संस्कृतिबाटै जनवादी गणतन्त्र चीनको विदेश नीति अनुप्राणित भएको हाम्रो पार्टी नेमकिपाको मत छ । भ्रष्टाचारलाई तत्कालै कारबाही गर्ने, पार्टीको सैद्धान्तिक पक्षलाई जोड दिने र अनुशासनलाई कडाइका साथ लागू गर्ने चिकपाको निर्णय अत्यन्त सान्दर्भिक र स्वागतयोग्य विषय हो ।

चिनियाँ गुणयुक्त समाजवाद आज प्रारम्भिक चरणमा रहेको र चिकपाको स्थापनाको सय वर्ष अर्थात् २०२० सम्ममा चिनियाँ समाजलाई मध्यम स्तरको समृद्धिशाली र जनवादी गणतनत्र चीनको स्थापनाको सय वर्ष अर्थात् २०४९ सम्ममा चीनलाई आधुनिक समाजवादी समाजको रुपमा निर्माण गर्ने योजना अत्यन्त उत्साहजनक, प्रगतिशील र क्रान्तिकारी पाइला हो ।

का. सि जिङपिङको सबल र सक्षम नेतृत्वले चिकपाले विचारधारात्मक क्षेत्र, आर्थिक, विज्ञान तथा प्राविधिक क्षेत्र, रक्षा र सांस्कृतिक क्षेत्रमा ऐतिहासिक सफलता प्राप्त गर्ने नेमकिपाको विश्वास छ । १९ औं महाअधिवेशनले चीनको मात्र होइन विश्वमै नयाँ आयामको निर्माण गर्ने छ भन्नेबारे हाम्रो दृढ विश्वास व्यक्त गर्न चाहन्छौं । अन्तमा चिकपाका महासचिव सि जिङपिङको नेतृत्वमा १९ औं महाअधिवेशनको पूर्ण सफलताको कामना गर्दछु र नेमकिपा र चिकपाको, नेपाली र चिनियाँ जनताको बन्धुत्वपूर्ण सम्बन्ध अझ बलियो र अर्थपूर्ण हुँदै जाने विश्वास गर्दछु । धन्यवाद!

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक