विभिन्न जिल्लामा नेमकिपाको उम्मेद्वारी दर्ता

काठमाण्डौ, ५ कात्र्तिक । आगामी मंसिर १० गते प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन हुने देशका ३३ जिल्लामा आज प्रत्यक्ष तर्फको उम्मेद्वारी दर्ता सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीले पनि विभिन्न जिल्लाहरुमा प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्ष तर्फ उम्मेद्वारी दर्ता गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयबाट प्राप्त जानकारीअनुसार जुम्ला जिल्लामा प्रतिनिधि सभा निर्वाचनको लागि पार्टी केन्द्रीय सदस्य एवं पूर्वसांसद डिल्लीप्रसाद काफ्लेले उम्मेद्वारी दिनुभएको छ । त्यस्तै जुम्ला जिल्लाअन्तर्गत दुई प्रदेश निर्वाचन क्षेत्रमा शिवलाल डांगी र गोरखबहादुर बुढाले उम्मेद्वारी दिनुभएको छ ।
जुम्ला बजारमा जुलुससहित गएर नेमकिपाले उम्मेद्वारी दर्ता गराएको थियो ।
कालीकोटमा प्रतिनिधिसभातर्फ नेमकिपा कालीकोटका पूर्वअध्यक्ष ऐनबहादुर शाहीले उम्मेद्वारी दिनुभएको छ । नेमकिपा कालीकोटका अध्यक्ष तथा पूर्वसांसद नवराज कोइराला र जनकबहादुर विष्टले प्रदेश सभाको सदस्य पदको लागि उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

गोरखामा गोविन्द सिं बस्नेतले प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेद्वारी दिनुभएको छ ।
दोलखामा कृष्णप्रसाद सिवाकोटीले प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेद्वारी दिनुभयो । सिन्धुपाल्चोकमा प्रतिनिधिसभा सदस्यको लागि किरण शाक्य र प्रदेश सभाको सदस्यको लागि सुमन श्रेष्ठले उम्मेद्वारी दिनुभयो ।
सोलुखुम्बुमा प्रतिनिधिसभाको सदस्यको लागि डोर्जे शेर्पाले उम्मेद्वारी दिनुभएको छ भने रसुवामा प्रदेश सभा सदस्यको लागि राधिका पौडेलले उम्मेदवारी दिनुभएको छ ।
रामेछापमा प्रदेश सभाको सदस्यको लागि हरिकृष्ण श्रेष्ठले उम्मेद्वारी दिनुभएको छ ।
मंसिर २१ गते हुने चुनावको लागि आगामी कात्र्तिक १६ गते प्रत्यक्ष तर्फको उम्मेद्वारी दर्ता गराउने कार्यक्रम छ भने समानुपातिक तर्फको अन्तिम नामावली कात्र्तिक ६ गते प्रकाशित हुने कार्यक्रम छ ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक