बाँकेमा नेमकिपाको उम्मेदवारी दर्ता सम्पन्न

बाँके, १६ कात्र्तिक । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको लागि बाँके जिल्लामा नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दर्ता गरेको छ । नेमकिपा बाँके जिल्ला अध्यक्ष बखत थापाको नेतृत्वमा गएको जुलुुससहित गएको टोलीले उम्मेदवारी दर्ता गरेको हो ।
प्राप्त जानकारीअनुसार बाँके जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ मा खड्गराज थापा, क्षेत्र नं २ मा दलबहादुर परियार र क्षेत्र नं ३ मा नगेन्द्रबहादुर बुढाले प्रत्यक्षतर्फको उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै मनप्रसाद आचार्यले प्रदेश सभा क्षेत्र नं १ क मा, लोकमान पुनले २ क मा, समिर गुरुङले २ ख र भक्तबहादुर बढाले ३ क मा नेमकिपाको तर्फबाट उम्मेदवारी दिनुभएको छ ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक