देशका विभिन्न जिल्लामा नेमकिपाको उम्मेदवारी

काठमाण्डौं, १६ कात्र्तिक । नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभाको निम्ति भक्तपुर क्षेत्र नं १ बाट पार्टी केन्द्रीय सचिव प्रेम सुवालले उम्मदेवारी दिनुभएको छ । सो क्षेत्रमा २०४७ सालदेखि हालसम्म नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले जित्दै आउनुभएको थियो ।
भक्तपुर क्षेत्र नं १ प्रदेश सभा क्षेत्र १ मा नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नीरज लवजू र प्रदेश सभा क्षेत्र नं २ मा युवा नेता सुरेन्द्रराज गोसाईले उम्मेदवारी दिनुभएको छ ।
उम्मेदवारी दर्तापश्चात नेमकिपाको आयोजनामा भएको जनसभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले निर्वाचन आफै वर्ग संघर्ष भएका कारण व्यापक कामदार जनताको स्वार्थका लागि नेमकिपाले कानुनी संघर्षका लागि उम्मेदवारी दिएको बताउनुभयो ।


उहाँले चुनावी आचारसंहिता मिचेर चुनाव जित्ने राजनीतिक दलहरुको अनैतिकता विरुद्ध नेमकिपाले संघर्ष गर्ने धारणा बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उम्मेदवारहरु सुरेन्द्रराज गोसाई, नीरज लवजू र नेमकिपा भक्तपुर जिल्ला सदस्य नारायणबहादुर दुवालले पनि बोल्नुभएको थियो । यसअघि पार्टी केन्द्रीय कार्यालय गोल्मढीबाट जनप्रदर्शन भएको थियो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभाको निम्ति उम्मेदवारी दर्ता गर्नु भएको छ । भक्तपुर क्षेत्र नं २ को प्रदेश नं १ मा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले र नेपाल प्राध्यापक समाजका केन्द्रीय सदस्य प्रेमजन थापाले प्रदेश नं २ मा उम्मेदवारी दर्ता गर्नुभयो ।
उम्मेदवारी दर्ता पछि आयोजित उम्मेदवारी परिचयात्मक कार्यक्रममा उम्मेदवार थापामगरले नेमकिपाले देशको सार्वभौमिकता रक्षाको निम्ति अझ सशक्त संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले संसदमा देशघाती पार्टीहरुलाई निर्वाचनमा सजाय गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल प्राध्यापक समाजका अध्यक्षसमेत रहनुभएका प्रदेश क्षेत्र नं १ का उम्मेदवार गोसाई संसदको क्रान्तिकारी उपयोग गर्ने बताउनुभयो । उहाँले समाजवादी आन्दोलनलाई अगाडि बढाउन संसदको उपयोग गर्ने बिचार राख्नुभयो ।
संस्थागत विद्यालय संघ नेपाल (इसान) का अध्यक्षसमेत रहनु भएका उम्मेदवार थापाश्रेष्ठले कामदार वर्गको पक्षमा संसदमा संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सुर्यविनायबाट जुलुससहित कटुञ्जेस्थित निर्वाचन कार्यालयमा पुगी उम्मेदवारी दर्ता गरेको थियो ।

काठमाडौ
काठमाण्डौ जिल्लामा नेमकिपाको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा कृष्णश्वरी सुवाल, २ मा राजवीर डंगोल, ३ मा मदन श्रेष्ठ ४ मा कृष्णमान श्रेष्ठ, ५मा वीरबहादुर ड्रंगोल, ६ मा सनकमान महर्जन, ७ मा काशीनारायण डंगोल, ८ मा कृष्णमाया मानन्धर, ९मा हरिशरण श्रेष्ठ, १०मा हरिकुमार महर्जन तथा प्रदेश सभातर्फ १ क मा रत्नश्वरी चवाल, १ ख मा कृष्णप्यारी भुजू, २ क मा रामचन्द्र बासी, २ ख मा जितेन्द्र डंगोल, ३ क मा कुलनारायण डंगोल, ४ क सविता श्रेष्ठ, ४ ख मा शोभलाल श्रेष्ठ, ५ क नरमान महर्जन, ५ ख रमेश डंगोल, ६ क सुरेन्द्र महर्जन, ६ ख श्यामकुमार महर्जन, ७ क मंगललक्ष्मी राजलवत, ७ ख धर्मसेन महर्जन, ८ क बन्दना महर्जन, ८ ख ज्ञानुमाया दराई, ९ क गुणदास महर्जन, ९ ख पुरुषोत्तम महर्जन, १० कनारायण महर्जन, १० ख हिराकाजी शाहीले उम्मेदवारी दिनुभएको छ ।
दैलेख
नेपाल मजदुर किसान पार्टीको तर्फबाट दैलेखको प्रतिनिधि सभा क्षेत्र नं १ मा वमबहादुर सिंह, प्रतिनिधि सभा क्षेत्र नं २ मा नेमकिपा केन्द्रीय सदस्य तथा पूर्व सांसद जग्यबहादुर शाही, प्रदेश सभा १क मा जगत ओली, १ख मा दुर्गबहादुर थापामगर, २ क मा मोतीराम लम्साल, २ख मा लालबहादुर कठायतले उम्मेदवारी दिनुभएको छ ।


काभ्रे
त्यस्तै काभ्रे प्रतिनिधि सभा क्षेत्र नं १ मा कृष्णबहादुर तामाङ र क्षेत्र नं २ मा कृष्णकुमार वैद्यमा उम्मेदवारी दिनुभएको छ । प्रदेशसभाअन्तर्गत क्षेत्र नं १ क मा बिलबहादुर विक, १ ख मा चण्डिका श्रेष्ठ, २ क मा धनबहादुर तामाङ र २ खमा हरिप्रसाद मानन्धरले नेमकिपाको तर्फबाट उम्मेदवार दिनुभएको छ ।
कैलाली
कैलालीमा नेमकिपाको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १ मा धनबहादुर थापामगर, क्षेत्र नं २ रमेशकुमार रावल, क्षेत्र नं ५मा नन्दाकुमारी दर्लामी मगर, प्रदेश सभातर्फ क्षेत्र नं १ क मा गगनबहादुर थापामगर र २ क मा लक्ष्मीकुमारी पुनमगरले उम्मेदवारी दिनुभएको थियो ।
पाल्पा
पाल्पाको प्रदेश सभा तर्फ क्षेत्र नं २क मा कमला विकले नेमकिपाको तर्फबाट उम्मेदवारी दिनुभएको थियो ।
अर्घाखाँची
अर्घाखाँची जिल्लाको प्रदेश सभातर्फ १ ख मा गणेश पौडेलले नेमकिपाको तर्फबाट उम्मेदवारी दिनुभएको छ ।
रुपन्देही
रुपन्देही जिल्लाको प्रतिनिधिसभा तर्फ क्षेत्र नं २ मा सुरेश परियार र क्षेत्र नं ५ मा हिमलाल पाण्डेले उम्मेदवारी दिनुभएको छ । साथै प्रदेश सभातर्फ २ क मा पदम रसाइली र २ ख मा हरिसुन्दर बासीले उम्मेदवारी दिनुभएको छ ।
सप्तरी
सप्तरी जिल्लामा नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रदेश सभा क्षेत्र नं १ क मा अशोककुमार झा, प्रतिनिधि सभा क्षेत्र नं २ मा निरोदेवी ठाकुर, क्षेत्र २ को प्रदेश क मा युगेश्वर मण्डल, ख मा सन्तोषकुमार यादव, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ३ बाट दिपुकुमार यादव, प्रदेश सभा क्षेत्र क मा इब्राहिम मंसुरी र ख मा कमरुदिन शेखले उम्मेदवारी दिनुभएको छ ।


मोरङ
मोरङ जिल्लामा नेमकिपाको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं २ मा तेजप्रकाश ढकाल, क्षेत्र नं ३ मा गणेश फुयाल, क्षेत्र नं ४ मा शालिकराम रावत, क्षेत्र नं ६ मा सुरेन्द्र सापकोटाले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तो प्रदेश सभातिर क्षेत्र नं ४ क मा जयराम माझी, ६ कमा राजु खड्काले उम्मेदवारी दिनुभएको छ
उदयपुर
उदयपुरमा प्रतिनिधिसभा क्षेत्र नं २ मा नयनबहादुर कार्की र प्रदेश सभातर्फ २ क मा ताजकुमारी माझी र २ ख मा चन्द्रबहादुर कार्कीले उम्मेदवारी दिनुभएको छ ।
धनकुटा
प्रतिनिधि सभामा माधव पोखरेल र प्रदेश क मा जीवन पोखरेल र ख मा दुर्गमान थापाले उम्मेदवारी दिनुभयो ।
बारा
नेमकिपाको तर्फबाट बारा जिल्लामा प्रतिनिधि सभा क्षेत्र नं ३ मा सरल मिया र प्रदेश सभा २ ख मा हरिशंकर मेहत्ता क्षेत्रीले उम्मेदवारी दिनुभएको छ ।
पर्सा
पर्सा जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं १ मा सरोजकुमार साह, क्षेत्र नं ३ मा इस्लाम मिया र क्षेत्र नं ४ ले साह मिया तेलीले उम्मेदवारी दिनुभएको छ ।


रौतहट
रौतहट जिल्लामा नेमकिपाले प्रतिनिधि सभा क्षेत्र नं १ मा हरिसुन्दर राय यादव, क्षेत्र नं २ मा सुरेश यादव, क्षेत्र नं ३ मा विनोद साह र क्षेत्र नं ४ मा वैद्यनाथ प्रसाद चौधरीले उम्मेदवारी दिनुभएको छ ।
सिरहा
सिरहा जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं १ मा हरिनारायण महत्तो, क्षेत्र नं २ मा राजकुमार पासवान, प्रदेश सभातर्फ १ क मा रामदयाल पासवान, २ ख मा श्रीसिया पासवान र ३ कमा सञ्जितकुमार सिंहले उम्मेदवारी दिनुभएको छ ।
ललितपुर
ललितपुर जिल्लामा नेमकिपाको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १ मा सूर्यलक्ष्मी देसार, क्षेत्र नं २ मा राजेन्द्र श्रेष्ठ र क्षेत्र नं ३ मा बुद्ध शिल्पकारले उम्मेदवारी दिनुभएको छ भने प्रदेशसभा तर्फ १ क मा टिकाराम महर्जन,  २ क मा रविना सुवाल, २ ख मा वीरेन्द्र ताम्राकार, ३ क मा देवेन्द्र माली र ३ ख मा मिलन तुलाधरले उम्मेदवारी दिनुभएको छ ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक