भारतीय बिस्तारवाद र भारतीय दलालहरुलाई पराजीत गर्न नेमकिपाका उम्मेदवारहरु

ललितपुर, २० कात्र्तिक । नेपाल मजदुर किसान पार्टीको आयोजनामा सोमबार काठमाण्डौ उपत्यकामा प्रतिनिधि सभा तथा प्रदेश सभा उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम भयो ।
कार्यक्रममा बोल्दै नेमकिपाका केन्द्रीय सचिव तथा भक्तपुर प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवालले भारतीय बिस्तारवाद र भारतीय दलालहरुलाई पराजीत गर्न नेमकिपाका उम्मेदवारहरुलाई विजयी गराउनु पर्ने बताउनुभयो ।
उहाँले नेपालका शासक दलहरुको भारतपरस्त मानसिकताका कारण भारतीय हस्तक्षेपलाई खुलारुपमा आमन्त्रण गरिरहेको बताउनुभयो ।
सचिव सुवालले आजसम्म सरकारमा गएका दलहरुका कारण देशको विकास र जनताको हित नभएको धारणा प्रष्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा काठमाडौं क्षेत्र नं ६ का उम्मेदवार सनकमान महर्जनले भारतीय विस्तारवाद र एकाधिकार पुँजीबाट अतिक्रमित नेपाली भूमि र प्राकृतिक स्रोत फिर्ता गराउन तथा आन्तरिक मामिलामा भारतीय हस्तक्षेप एवं थिचोमिचो समाप्त पार्न नेमकिपाको उम्मेदवारी रहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला समितिका अध्यक्ष एवं प्रदेशसभा काठमाडौ क्षेत्र नं १(१)का उम्मेदवार नारायण महर्जनले उत्पादनका मुख्य–मुख्य साधनहरु सामाजिकीकरण गराउन र महंगी भष्ट्राचार र कमिसनतन्त्र नियन्त्रण गराउन नेमकिपाको मादल चिन्हमा मतदान गर्न अनुरोध गर्नुभयो ।
नेक्राविसंघका केन्द्रीय अध्यक्ष एवं भक्तपु्र क्षेत्र नं १(१) का उम्मेदवार नीरज लवजूले शिक्षा–स्वास्थ्य निःशुल्क र स्वदेशमा रोजगारीको बन्दोबस्त गराउन नेमकिपा संघर्षरत रहेको बताउनुभयो ।
प्रदेशसभा ललितपुर क्षेत्र नं १(१) का उम्मेदवार टिकाराम महर्जनको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा ललितपुर क्षेत्र नं २(१) का उम्मेदवार रविना महर्जनले पनि बोल्नुभएको थियो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक