अन्ततः खारेज भयो पचास हजार शुल्कवृद्धि

भक्तपुर, १ मंसिर । भक्तपुर बहुमुखी क्याम्पसमा वी.वी.ए र वीएस्सी सीएस्आइटी शैक्षिक कार्यक्रममा एकैपटक पचास हजार रुपैया शुल्कवृद्धि खारेज भएको छ । शुल्कवृद्धि गरिएसंगै आन्दोलनमा उत्रेको नेपाल मजदुर किसान पार्टीनिकट विद्यार्थी संगठन, प्राध्यापक संघ, स्वतन्त्र विद्यार्थी युनियन र क्याम्पस प्रशासनको उपस्थितिमा शुक्रबार भएको बैठकबाट शुल्कवृद्धि खारेज गर्नेलगायतका विषयमा सहमति गरेपछि आन्दोलनरत नेक्राविसंघले आफ्ना आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ ।

बैठकले वि.एस्सी. सी.एस्.आई.टी.को शुल्क निर्धारण पुस मसान्तभित्र गर्ने, क्याम्पसको सम्पूर्ण आर्थिक हिसाबकिताब ३ दिनभित्र पारदर्शी गर्ने, विज्ञापन प्रकाशित गरी खुल्ला प्रतिस्पर्धामा मात्र कर्मचारी नियुक्त गर्ने, मेसिन रिडेबल इलेक्ट्रोनिक कार्डको व्यवस्था गर्नेलगायतका १५ वटा बुँदामा सहमति जुटाएको छ ।

नेक्राविसंघ भक्तपुर बहुमुखी क्याम्पसका अध्यक्ष मिलन गणेजूले सहमति हुनु सकारात्मक भएको टिप्पणी गर्दै क्याम्पस प्रशासनले सहमति अनुरुप क्याम्पस प्रशासनले माग सम्बोधन नगरे फेरी आन्दोलनमा उत्रिन आफूहरु बाध्य हुने चेतावनी दिनुभयो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक