भ्रष्टाचारी, चेलीबेटी बेचबिखन गर्ने, देशघातीहरूलाई मृत्युदण्ड किन चाहिन्छ ?

गुण्डु, १ मंसिर । नेपाल मजदुर किसान पार्टीले राजनीतिक कक्षा सञ्चालन गरेर जनतासँग भोट माग्दैछ ।  हरेक दिन बिहान र बेलुकी कार्यकर्ता र सर्वसाधारणको भेला गरी निर्वाचनको क्रममा पार्टीले उठाउँदै आएका विषयमा जनतालाई शिक्षित गर्ने उद्देश्यले भेटघाट, बैठक र भेला आयोजन गरेको पार्टीले जनाएको छ ।  बिहीबार बिहान भक्तपुर क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवारहरू तीनै जना व्यस्त हुनुहुन्थ्यो । नेमकिपाका क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार अनुराधा थापामगर बिहीबार बिहान सिरुटारमा एक भेलामा सहभागी हुनुुहुन्थ्यो । त्यस्तै क्षेत्र नं. २ प्रदेशसभा सदस्य उम्मेदवार सरोजराज गोसाईले गुण्डूको एक गाउँमा कक्षा चलाउनुभयो । अर्का प्रदेशसभा सदस्य उम्मेदवार प्रेमजन थापाश्रेष्ठ मध्यपुरको बालकुमारी क्षेत्रमा सर्वसाधारणसँग हुनुहुन्थ्यो ।     सिरुटारको भेलामा बोल्दै उम्मेदवार थापामगरले नेमकिपाले भ्रष्टाचारी, चेलीबेटी बेचबिखन गर्ने, देशघातीहरूलाई मृत्युदण्ड किन चाहिन्छ भन्नेबारे बेलिविस्तार लगाउनुभयो । उहाँले नेमकिपाको उम्मेदवारी भारतीय विस्तारवादविरुद्ध लड्न खडा भएको भन्दै पूँजीवाद के हो र कसरी शोषण हुन्छ भन्ने व्याख्या गर्नुभयो । यता नेमकिपाका उम्मेदवार गोसाईले गुण्डूको कार्यक्रममा चित्र देखाएर प्रतिनिधिसभा र प्रदेशसभा कसरी गठन हुन्छ भन्ने सिकाउँदै हुनुहुन्छ ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक