का. सुरेन्द्रराज गोसाई

नेमकिपाले जनताको सेवामा थप तीव्रता दिँदै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निरन्तर निर्वाह गर्ने उद्देश्यले नयाँ पुस्ताका सक्रिय कार्यकर्ताहरूलाई निर्वाचनमा अगाडि सारेको छ । देश र जनतामा समर्पित ती आशालाग्दा, सङ्घर्षशील युवामध्ये एक हुनुहुन्छ का. सुरेन्द्रराज गोसाई ।

का. सुरेन्द्रराज गोसाई राजनीतिक, साहित्यिक तथा शैक्षिक क्षेत्रमा परिचित नाम हो । विशेषगरी युवा पुस्ताबीच उहाँ निरन्तर क्रियाशील रहँदै आउनुभयो । राजनीतिक, साहित्यिक तथा सांस्कृतिक गतिविधिमा मात्र उहाँको सक्रियता होइन शैक्षिक क्षेत्रमा पु¥याउँदै आउनुभएको योगदानमार्फत उहाँले आफ्नो परिचय दिइरहनुभएको छ । उहाँको जन्म वि.सं २०३६ असोज २६ गते भनपा वडा नं ८ स्थित तौलाछें टोलमा भएको हो । का. गोसाईले स्नातकोत्तर तहसम्मको शिक्षा पूरा गर्नुभई अध्ययन, लेखन तथा अध्यापन कार्यमा समेत निरन्तर सक्रिय हुनुहुन्छ ।

घरमा राजनीतिक नेता कार्यकर्ताहरूको नियमित आवत–जावत तथा गतिविधिका कारण उहाँले कलिलो उमेरमै २०४५ सालको पञ्चायती राज्यस्तरबाट भएको चर्को दमनविरुद्ध भएका विविध गतिविधिमा भाग लिई प्रारम्भिक राजनीतिमा प्रवेश गर्नुभयो । वि.सं. २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा भाग लिई जनतामाथिको क्रूर दमनविरुद्ध प्रारम्भिक राजनीतिक पाइला चाल्नुभयो । २०४९।५० सालदेखि नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका विभिन्न जिम्मेवारी बहन गर्नुभयो । उहाँ नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी शिक्षक सङ्घका विभिन्न समितिमा रही निःस्वार्थपूर्वक जनताको सेवा कार्यमा सक्रिय रहनुभयो । युवा साहित्य गोष्ठीमार्फत साहित्यिक गतिविधिमा तीव्रता दिन सक्रिय रहनुभएका का. गोसाई वि.सं.२०५८ देखि नेपालभाषा साहित्य तःमुंज्या मूल समितिमा आबद्ध हुुनुहुन्छ । उहाँ नेपाल क्रान्तिकारी सांस्कृतिक संघका अध्यक्ष र जनलेखक सङ्घका सचिव हुनुहुन्छ । लेखन, अध्ययन र पत्रकारिता कर्मले उहाँको व्यक्तित्वलाई उजिल्याएको छ ।

उहाँ २०५८ सालदेखि शिक्षण पेशामा आबद्ध हुनुभयो भने २०६० सालमा प्राध्यापन पेशामा प्रवेश गर्नुभयो । उहाँ संस्थागत विद्यालय सङ्घ नेपाल (इसान)का केन्द्रीय उपाध्यक्ष समेत हुनुुहुन्छ । समाजको तल्लो वर्गलाई शिक्षा–दीक्षा दिन उहाँले गर्नुभएको परिश्रम शिक्षा क्षेत्रमा एउटा उदाहरणको रुपमा प्रस्तुत छ । देशघाती महाकाली सन्धिविरुद्ध भएको आन्दोलन, प्रतिगमनविरोधी आन्दोलनजस्ता महत्वपूर्ण सङ्घर्षमा सक्रिय भूमिका निर्वाह गनुभएका का. गोसाई नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका उपाध्यक्ष हुनुहुन्छ । उहाँ एक सक्रिय राजनीतिक कार्यकर्ता र प्रस्ट वक्ताको रुपमा चिनिनुहुन्छ ।

संरा अमेरिकी साम्राज्यवादले विभिन्न देशमा थोपरेका युद्ध, अमानवीय हमला र भारतीय विस्तारवादको हस्तक्षेप एवं ज्यादतीविरुद्ध भएका विरोध प्रदर्शनी तथा सङ्घर्षमा का. गोसाईले उलेख्य भूमिका निर्वाह गर्नुभयो । भारतीय विस्तारवादले नेपाली जनतालाई चरम दुःख–कष्ट दिई नाकाबन्दीको नाउँमा आर्थिक युद्ध सुरु गर्दा का. गोसाई सक्रियतापूर्वक सङ्घर्षमा उत्रनुभयो । देशभक्त लेखक, कवि कलाकार र युवा विद्यार्थीको नेतृत्व गर्दै भारतीय विस्तारवादको नाकाबन्दी असफल पार्न सक्रिय भएर लाग्नुभयो ।
क्युवा ऐक्यबद्धता समिति नेपालका अध्यक्षसमेत रहनुभएका का. गोसाई २०७२ को महाभूकम्पपश्चात क्युवाली चिकित्सक टोलीमार्फत घाइते तथा पीडितहरूको स्वास्थ्य उपचार कार्यमा सक्रिय रहनुभयो । सं.रा. अमेरिकी साम्राज्यवादले क्युवा, प्रजग कोरियामाथि लगाएका नाकाबन्दी, इराक, अफगानिस्तान, लिविया, सिरियालगायतका देशमाथि भएका हमलाविरुद्धका सङ्घर्षमा का. गोसाई अघि सर्नुभयो ।

नेमकिपा विदेश सम्बन्ध समितिको सदस्यको नाताले पार्टीको प्रतिनिधित्व गर्दै जनवादी गणतन्त्र चीनमा सन् २०१२, २०१५ र २०१७ मा भएका विभिन्न अन्तर्राष्ट्रिय बैठक तथा सेमिनारमा सहभागी भई पार्टीको धारणा प्रस्ट राख्नुभयो । नेमकिपाका अध्यक्ष का.रोहितसँगै सन् २०१२ मा श्रीलङ्का र सन् २०१४ मा बड्डलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन तथा बैठकमा भाग लिई विश्व साम्राज्यवादविरोधी आन्दोलनबारे जानकारी हासिल गर्नुभयो । सन् २०१४ मा प्रजग कोरियाको भ्रमण गरी समाजवादी निर्माण तथा उपलब्धिको अभिरुचिपूर्वक गहन अध्ययन गर्नुभयो । उहाँले विदेशी भूमिमा नेपाली जनताको भावना अभिव्यक्त गर्न र आफ्ना लेख–रचना तथा अभिव्यक्तिहरूमार्फत समाजवादका सफलता र साम्राज्यवादविरुद्ध विश्वमा उठिरहेका जनलहरबारे नेपाली जनतालाई जानकारी दिन उहाँ सक्रिय हुनुहुन्छ ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक