दैलेखको डुङ्गेश्वरमा नेमकिपाको जनसभा

दैलेख । नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति निर्वाचन क्षेत्र नं. १ को आयोजनामा मंसिर १ गते डुङ्गेश्वर गाउँपालिकाको डुङ्गेश्वर बजारमा जनसभा सम्पन्न भयो ।  कार्यक्रममा नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिका सदस्य वजिर सिंह विकले नेमकिपाले गरिब जनताको हितमा आफ्ना गतिविधिहरु बढाउँदै आएको बताउनुभयो । उहाँले नेमकिपाले योग्यता अनुसार, कामअनुसार ज्यालाको बन्दोबस्त गर्नुपर्नेमा जोड दिंदै आएको छ भन्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल मजदुर किसान पार्टीले जोताहा किसानलाई मोहियानी हक तथा उचित जग्गा वितरण र क्रान्तिकारी भूमिसुधारले मात्र किसानको समस्या समाधान हुने भएकाले नेमकिपा यी कुराहरुको लागि सङ्घर्ष गरिरहेको छ ।’ नेमकिपाका केन्द्रीय सदस्यका जग्यबहादुर शाहीले जनतालाई सचेत र सङ्गठित पार्दै लैजानु पर्ने बताउनुभयो । उहाँले अहिले भइरहेको वामपन्थी गठवन्धन र लोकतान्त्रिक गठवन्धन भनेको एकै सिक्काका दुई पाटा भएको बताउनभयो । नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरुङले कामदार महिलाहरुलाई शासन सत्तामा पु¥याउन मजदुर किसान पार्टी लागि परेको बताउनुभयो । कार्यक्रममा नेमकिपाका जिल्ला उपाध्यक्ष एवं निर्वाचन क्षेत्र नं. का १ प्रतिनिधि सभाका उम्मेदवार वमवहादुर सिंह, नेमकिपा जिल्ला सदस्य जगतबहादुर वली, मोतीराम लम्साल, दुर्गबहादुर थापा, नेमकिपा गुराँस गाउँपालिकाका अध्यक्ष उदयजंग शाही र पुष्पाकुमारी विकले पनि बोल्नु भएको थियो । नेमकिपा निर्वाचन परिचालन समिति निर्वाचन क्षेत्र नं. १ का संयोजक रत्नबहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विन्दुलाल रेग्मीले स्वागत मन्तव्य दिनुभएको थियो भने हस्तबहादुर घलेले कार्यक्रम संचालन गर्नुभएको थियो ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक