विकास निर्माणहरुको विवरण पुस्तिका प्रकाशित

नेपाल मजदुर किसान पार्टीको भक्तपुर जिल्ला समितिले भक्तपुर जिल्ला क्षेत्र नं. १ र २ को निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सम्पन्न विकास निर्माणहरुको विवरण पुस्तिका प्रकाशित गरेको छ ।

नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सदस्यहरु – पार्टी अध्यक्ष नारायणमान बिजुक्छें (रोहित), पार्टी सचिव प्रेम सुवाल, केन्द्रीय सदस्य अनुराधा थापामगरको सिफारिसमा भक्तपुर जिल्लामा सम्पन्न आर्थिक वर्ष २०७०/७१ देखि २०७३/७४ सम्मका जिल्ला समन्वय समिति भक्तपुरको अभिलेखअनुसार प्राप्त बजेटसहितको योजनाहरुको विवरण यस पुस्तिकामा प्रकाशित गरिएको छ । आर्थिक वर्ष २०६३/६४ देखि २०६८/६९ सम्मको व्यवस्थापिका–संसद र संविधानसभामा भक्तपुर क्षेत्र नं १ र २ बाट प्रतिनिधित्व गरेका पार्टीका सांसदहरुको सिफारिसमा सम्पन्न योजनाहरुको विवरण यसअघि प्रकाशित भइसकेको छ ।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सदस्यको सिफारिसमा सम्बन्धित निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन पूर्वाधार विशेष कार्यक्रम सम्पन्न भइरहेको छ । समानुपातिक र नेपाल सरकारबाट मनोनित प्रतिनिधिसभा सदस्यको सिफारिसमा निर्वाचन क्षेत्र विकास कार्यक्रममात्र सञ्चालन हुने व्यवस्था छ । नेपाल मजदुर किसान पार्टीका सांसदहरुको सिफारिसका योजनाहरु भक्तपुर नगरपालिका क्षेत्रभन्दा पनि वरिपरिका नगरपालिकाहरुका विभिन्न वडामा प्राथमिकताका साथ सम्पन्न भइरहेको छ । ती योजनाहरु स्थानीय जनताको सहभागितामा उपभोक्ता समितिमार्फत् कार्यान्वयन गर्न पार्टी जिल्ला समितिले जोड दियो । २०७० मंसिर ४ गते सम्पन्न संविधानसभाको निर्वाचनपछि नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सदस्यहरु – पार्टी अध्यक्ष नारायणमान बिजुक्छें (रोहित), पार्टी सचिव प्रेम सुवाल, केन्द्रीय सदस्य अनुराधा थापामगरको सिफारिसमा भक्तपुर जिल्लामा सम्पन्न आर्थिक वर्ष २०७०/७१ देखि २०७३/७४ सम्मका जिल्ला समन्वय समिति भक्तपुरको अभिलेखअनुसार प्राप्त बजेटसहितको योजनाहरुको विवरण यस पुस्तिकामा प्रकाशित गरिएको छ । आर्थिक वर्ष २०६३/६४ देखि २०६८/६९ सम्मको व्यवस्थापिका–संसद र संविधानसभामा भक्तपुर क्षेत्र नं १ र २ बाट प्रतिनिधित्व गरेका पार्टीका सांसदहरुको सिफारिसमा सम्पन्न योजनाहरुको विवरण यसअघि प्रकाशित भइसकेको छ । सम्पन्न योजनाका विवरणहरु पुस्तिकामा  सार्वजनिक भएसँगै पार्टीको तर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुभएका सदस्यहरु विकास निर्माणमा आर्थिक अनुशासन, पारदर्शीता र मितव्ययिताप्रति समर्पित भएको पुष्टि हुन्छ । पार्टीका सांसदहरुको सिफारिसमा भएका आफ्नो क्षेत्रको विकास निर्माणबारे सुसूचित हुने अवसर सम्पूर्ण जनतालाई प्राप्त भयो । आगामी वर्षमा पनि पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विकास निर्माणमा आर्थिक अनुशासन र पारदर्शीतामा जोड दिनुहुने विस्वास गर्न सकिन्छ  ।

डाउनलोड लिंक

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक