हतियार त अपराधीले पनि उठाउँछन्

बनेपा, २४ चैत । नेपाल मजदुर किसान पार्टी काभ्रेको तेस्रो जिल्ला सम्मेलन पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यतामा बनेपामा सम्पन्न भयो ।

सम्मेलनमा प्रमुख अतिथि बिजुक्छेले २०४७ सालमै एमालेलाई भाइ काङ्ग्रेस भनेको क्रमिक रुपमा पुष्टि हुँदै गएको बताउनुभयो । नामले होइन कामले को के हो थाहा हुन्छ, हतियार उठाउँदैमा कम्युनिष्ट हुँदैनन हतियार त डाँकाले पनि उठाउँछन् उहाँले भन्नुभयो ।

कानुनले दियो भन्दैमा कति कुरा गर्नुहुन्न, नैतिकता धेरै ठूलो हुन्छ । राजनीति गर्नेहरू नैतिकतामा बस्नुपर्छ । कसैले पैसा दिंदैमा पार्टी सदस्यता दिनुहुन्न । पद र पैसाको लागि लडाई गर्ने होइन लक्ष्य र उद्देश्यपूर्तिका लागि काम गर्नुपर्छ

’ अध्यक्ष रोहितले भन्नुभयो । सम्मेलनमा राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिनुभएको थियो ।

नेपाल मजदुर किसान पार्टी काठमाडौंका प्रतिनिधि राजवीर डंगोलले विश्व राजनीतिमा समाजवाद नै सर्वोत्कृष्ट ब्यवस्था भएको प्रमाणित भएको छ । गरिब मुलुकका जनता समाजवाद प्रति आस्था राख्छन् । एमाले, माओवादी केन्द्रले हसिया हथौडा अङ्कित झण्डा बोकेर पूँजीवादी व्यवस्थामा सरकारमा गएर जनतालाई धोखा दिएको बताउनुभयो ।

शासक दलका नेताहरू काठमाडौंलाई विकास गर्न नभई व्यक्तिगत सुविधा लिन आएका हुन् भन्दै यसैकारण काठमाडौं अस्तव्यस्त भएको डंगोलले बताउनुभयो ।

नेमकिपा भक्तपुरका प्रतिनिधि नारायणबहादुर दुवालले प्रशिक्षण, अन्तक्रिया, छलफल कार्यक्रमले कार्यकर्ताको सैद्धान्तिक स्तर उठ्ने बताउनुभयो । राजनीतिक कार्यकर्ताले व्यक्तिगत इच्छा आकाङ्क्षा नराखी जनताको इच्छा आकाङ्क्षा नै आप्mनो इच्छा आकाङ्क्षा हुनुपर्छ भन्नुभयो । सरकारमा गएका दलहरू पूँजीपति वर्गका सञ्चालक समिति भएको दुवालले बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टी तेस्रो जिल्ला सम्मेलन तयारी समितिका संयोजक कृष्णकुमार वैद्यको सभापतित्वमा भएको समारोहमा वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङ, सल्लाहकार डा. हरिप्रसाद मानन्धर, त्रिरत्न साय्मी, तारा न्यौपाने र भोला खरेलले मन्तव्य व्यक्त गर्नुभएको थियो । सम्मेलनले कृष्णकुमार वैद्यको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक