नेक्राविसंघ भक्तपुरमा नयाँ नेतृत्व

भक्तपुर, ८ बैशाख । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार जिल्लास्तीय विद्यार्थी भेला तथा पुनःगठन कार्यक्रम भयो ।
कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले सरकारमा गएका शासक दलहरुले वैज्ञानिक शिक्षाको प्रचार नगर्दा नेपाली समाजमा अझै पनि छाउपडी, बोक्सी र छुवाछुत प्रथा बाँकी रहेको बताउनुभयो । नयाँ पुस्ता मद्यपान र धु्रमपानजस्ता कुलतमा नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयको अध्ययनमा ध्यान दिई देश र जनताको सेवामा लाग्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भारतको सत्तासीन मन्त्रीहरुले नै अवैज्ञानिक र अन्धविश्वास प्रचार गरेर धार्मिक अन्धतालाई बिस्तार गरिरहेको चर्चा गर्नुभयो ।
उहाँले विद्यार्थीहरु भविष्यमा जुनसुकै क्षेत्रमा लागे पनि समाजप्रति उत्तरदायी हुनुपर्ने र देशको सार्वभौमिकता जोगाउने अभियानमा सक्रिय रहनुपर्ने विचार राख्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य नारायणबहादुर दुवालले सांगठनिक अनुशासनले विद्यार्थीहरुलाई सामाजिक जीवनमा पनि परिपक्व बनाउने विचार राख्नुभयो ।
नेक्राविसङ्घ बाह्रौं राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक नीरज लवजूले माक्र्सवाद र माक्र्सवादी साहित्य व्यापक कामदार जनताका छोराछोरीबीच पु¥याउन नेक्राविसङ्घ सक्रियतापूर्वक लाग्ने बताउनुभयो ।
नेक्राविसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष रमेश प्रजापतिको सभापतित्वमा भएको कार्यक्रमबाट अनिल फोजूको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

  • मन्तव्य संग्रह

    open all | close all
  • अनलाईन मजदुर

  • श्रमिक साप्ताहिक