अर्घाखाँचीका गाउँ गाउँमा नेमकिपाको घरदैलो


सन्धिखर्क, १ मङ्सिर । नेपाल मजदुर किसान पार्टीको तर्फबाट अर्घाखाँची जिल्लाको प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूको बिहीबार घरदैलो कार्यक्रम भयो ।
नेमकिपालाई अर्घाखाँचीमा राम्रो पार्टी, मत दिनुपर्ने पार्टी रहेको प्रतिक्रिया स्थानीय मतदाताले दिएको बताइएको छ । पदको लागि सिद्धान्त नछोड्ने असल पार्टीलाई मत दिन प्रतिनिधिसभामा उम्मेदवार र कार्यकर्ताले अनुरोध गरेका छन् ।
उम्मेदवार सुतेज दुवाललगायतका कार्यकर्ताहरूले कार्तिक २६ गते मालारानी गाउँपालिकाको वागी, खन, खनदह, डाँडाकटेरी, चौरी–ठाटी गाउँहरूमा घरदैलो कार्यक्रम गरे । कार्तिक २७ गते छत्रदेवी गाउँपालिकाको अर्गातोस, केरुङ्ग र बलकोट बस्तीमा भेटघाट कार्यक्रम गरियो ।
कार्तिक २८ गते भूमिकास्थान नगरपालिकाअन्तर्गत धारापानी, पिपलघारी, असुरकोट, खिल्जी, नुवाकोट, चिउरापाटी, दिकुरा र बासबार्ने बस्तीमा चुनाव प्रचार गरियो । कार्तिक २९ गते पानीनी गाउँपालिकाको पाली, कुरुले, दुर्गाकोँट, मैदान, भञ्ज्याङ अड्गरी र घुम्ती गाउँबस्तीमा घरदैलो गरी चुनाव प्रचार भयो ।
त्यस्तै कार्तिक ३० गते सितगँगा नगरपालिकाको लौरेबजार, सीतापुर, सिमलपानी, रिकोट, जसमारे, भेडामारा र ठाडा टोललगायतमा जनतासँग भेटघाट गरियो ।
मङ्सिर १ गते सन्धिखर्क नगरपालिकाको नरापानी, वाङला, टुनिपोखरी, कितानी, फुडबाङ र गच्छेलगायतका बस्तीमा घरदैलो गरिएको छ ।

पार्टी गतिविधिहरु
समाचार