विदेशी दलालहरू एकदिन उदाङ्गिने


काठमाडौँ, ११ असार । यतिबेला सच्चा देशभक्त नेपालीहरू, राजनीतिक पार्टीका नेता, कार्यकर्ता, कर्मचारी, उद्योगी, व्यापारी सबै थप सचेत र संवेदनशील हुनु जरुरी छ । विदेशी गुप्तचर संस्थाका एक अधिकारीले सन् १९९५ मा लेखेको आफ्नो पुस्तकमा आफ्नो गुप्तचर संस्थाको सहयोगमा नेपालका एक प्रधानमन्त्रीको पार्टीलाई देशभरि नै आफ्नो प्रभाव बलियो बनाउन सहयोग गरेको उल्लेख गरे भने तत्कालीन राजासँग पनि खाममा राखेर पैसा सहयोग गरेको बताए । नेपालका एक वरिष्ठ पत्रकारले आफ्नो पुस्तकमा प्रधानमन्त्री भएको उही पार्टीले विदेशी राष्ट्रपतिसँग करोडौँ रुपियाँ मागेर पार्टी महाधिवेशन सम्पन्न गरेको उल्लेख गरे । नेपालको गोप्य विषय विदेशी गुप्तचर संस्थालाई पु¥याउने जो सुकै होस् एक दिन ती सबैको पोल खुल्नेतर्फ सबै सचेत हुनु आवश्यक छ । एउटा देशलाई ध्वस्त पार्न बम वारुड हान्नु नपर्ने बरु शासक नेताहरूलाई हात लिए पुग्ने भनेको यही हो र ?
(नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले २०८० असार ११ गतेको प्रतिनिधिसभाको शून्य समयमा राख्नु भएको मन्तव्यको सार – सं.)

पार्टी गतिविधिहरु
समाचार