संसद् अवरूद्ध यथावत निकास सरकार परिवर्तन हो र ?


काठमाडौँ, २४ साउन । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे सुरू भएलगत्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो स्थानमा उभिएर समसामयिक विषयमा बोल्न समय माग्नुभयो । एमालेका सांसदहरूले पनि आ–आफ्नो समयमा उभिएर बोल्न समय माग्नुभयो ।
सभामुखर देवराज घिमिरेले एमालेका सांसद सूर्यबहादुर थापालाई बोल्न समय दिनुभयो । तत्पश्चात नेकाका सांसदहरूले पनि आ–आफ्नो स्थानमा उभिएर बोल्न समय माग्नुभयो ।
एमालेका सांसद थापाले १०० किलो सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफ्नो पार्टीको मागलाई दोहो¥याउनुभयो ।
नेकाका सांसदहरूले संसद् अवरोध गरेपछि सभामुख घिमिरेले एमालेका सांसद थापालाई बोल्न रोक्नुभयो । त्यसपछि एमालेका सांसदहरू सभामुखको अगाडितर्फ गएर ‘उच्चस्तरीय छानबिन समिति गठन गर’, ‘सुशासन कायम गर’, ‘तस्करहरूलाई कारबाही गर’ नारा लगाउन पुगे ।
केहीबेर नारा चालु भएपछि सभामुख घिमिरेले बैठक साउन २६ गते दिउँसो १ बजेसम्मको लागि स्थगित गर्नुभयो ।
सत्तापक्ष नेका र माओवादीले सभामुख सत्तापक्षको भएको भए प्रमुख विपक्षी एमालेलाई संसद्भित्र घण्टौँ नारा लगाउन दिई थकाउने समेत टिप्पणी गरे ।
गौर हत्याकाण्डका पीडितहरूको मागअनुसार त्यसमा संलग्न जसपाका नेताहरू र सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एसका नेता पूर्वप्रम माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका नेता पूर्वप्रम बाबुराम भट्टराईलाई समेत पक्राउ गरिए दाहाल नेतृत्वको सरकार सङ्कटमा पर्ने देखिन्छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइएको, ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको, सुन तस्करीलगायत विषय उठाउँदै आएको प्रमुख विपक्षी दल एमालेको नेकासँग मिलेर संयुक्त सरकार गठन गर्ने जोड भएको पनि चर्चा छ ।
नेका, एमाले र माओवादी सरकारबिना बाँच्न नसक्ने अवस्थामा रहेको जनगुनासो पुरानो हो ।

पार्टी गतिविधिहरु
समाचार