चितपोलमा भक्तपुर काण्डको भत्र्सना


भक्तपुर, १७ भदौ । नेपाल क्रान्तिकारी महिला सङ्घ सूर्यविनायक नगर समितिको आयोजनामा शनिबार चितपोलमा २०४५ सालमा राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्डको भत्र्सना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी महिला सङ्घका अध्यक्ष अनुराधा थापामगरले विगतमा घटना क्रमबारे बोल्दै राज्यले यस्ता घटनाहरू फेरि पनि घटाउन सक्ने भएकोले सचेत र सङ्गठित बनेर समाजवादी आन्दोलन सफल बनाउन एकताबद्ध बनाउन नेमकिपा गाउँ, टोल, वडा तहसम्म पुगेर जनता सचेत पार्न लागेको कुरा बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय उपाध्यक्ष कमलमैया सुवालले भक्तपुर काण्डको घटनाबारे बताउँदै भक्तपुर काण्डमा नेपाल क्रान्तिकारी महिला सङ्घको सक्रिय भूमिकाबारे बताउनुभयो ।
सूर्यविनायक नपा १० का महिला सङ्घका मिना श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा सूर्यविनायकका अध्यक्ष सूर्यभक्त त्वाती, युवा सङ्घ चितपोलका अध्यक्ष विष्णु सुवाल, राजन सुवालले बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार