“युद्धमा पनि विद्यालय बन्द नभएको उदाहरण छ”


भक्तपुर, ८ असोज । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा शिक्षा विधेयक २०८० को विरोध गर्दै सोमबार गणेश माविमा शिक्षक भेला सम्पन्न भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले पेसागत हकहितसँगै देश र विदेशको राजनीतिबारे पनि छलफल गर्न टे«ड युनियन आवश्यक भएको तर ट्रेड युनियनका पदाधिकारीहरू सुविधालाई ट्रेड युनियन दुरूपयोग गर्ने टे«ेड युनियनवादको सबै विरोध गर्नु जरूरी रहेको चर्चा गर्दै भन्नुभयो, “नेपाल शिक्षक महासङ्घका पदाधिकारी र संलग्न शिक्षक सङ्घका नेताहरूले असोज ५ गते सरकारसँग गरेको सम्झौतामा नेताहरू टे«ड युनियनवादमा लागेको पुष्टि भयो ।”
उहाँले भन्नुभयो, “गुणस्तरीय शिक्षाको लागि विश्वविद्यालयमा उत्कृष्टहरूलाई आवश्यक सुविधा व्यवस्था गरी विद्यालय शिक्षकमा नियुक्ति दिने, विद्यालय शिक्षा निःशुल्क र अनिवार्य गर्ने, राष्ट्रियस्तरको एसईई परीक्षा चालू राखेको बाल विकास शिक्षिकालाई सहयोगी कार्यकर्ता होइन विद्यालय शिक्षा ऐनमा समेटेर शिक्षिका नै बनाउने, सबै राहत शिक्षकलाई प्रक्रिया पु¥याई स्थायी गर्ने, खुला सीमामा नेपालको भूमि विदेशीले मिचे पनि महँगी र भ्रष्टाचारबारे पनि शिक्षकले बोल्न नपाउने अभिव्यक्ति स्वतन्त्रताको हननलगायत सरकार र नेपाल शिक्षक महासङ्घको सम्झौतामा सम्बोधन भएको छैन ।”
उहाँले भन्नुभयो, “सन् १८७१ को पेरिस कम्युनमा मजदुर र मन्त्रीको तलब सुविधा बराबर तोकिएको थियो । नेपालमा तल्लो श्रेणी र माथिल्लो श्रेणीमा तलब र सुविधाको फरक धेरै छ । यसलाई पनि सम्झौताले सम्बोधन गरेको छैन ।”
“कोरिया युद्धमा विद्यालय शिक्षा रोकिएको थिएन । अमेरिकी स्वतन्त्रता आन्दोलनको बेला विद्यालय र कलेजमा बेलायती साम्राज्यवाद मुर्दावाद नारा लगाइ कक्षा सुरू गरिन्थ्यो । यसकारण, नेपाल क्रान्तिकारी शिक्षक सङ्घले विद्यालय कक्षा बन्द गर्न नहुने निःसर्त गरेको हो”, सांसद सुवालले स्पष्ट पार्नुभयो ।
शिक्षकले दुर्गम भत्ताको लागि बसाइँसराइ गर्नु ठीक नभएको धारणा राख्दै उहाँले भन्नुभयो, “नेपाल क्रान्तिकारी शिक्षक सङ्घका सदस्यहरू यस्तो गलत काममा लाग्नु हुँदैन । शिक्षकले गलत काम गरेर राम्रो विद्यार्थी तयार गर्न सकिँदैन ।”
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका कोषाध्यक्ष चक्रबहादुर चाकतुले शिक्षकहरूलाई काठमाडौँकेन्द्रित आन्दोलनमा उचालेर आफ्नो स्वार्थ पूर्ति गर्ने काम महासङ्घको नेतृत्वले गरेको चर्चा गर्दै सरकारसँग गरेको सम्झौता धोखा भएको बताउनुभयो ।
गणेशराम थुसाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक लक्ष्मीसुन्दर सुवालले पनि बोल्नुभएको थियो ।​​​​​​​

पार्टी गतिविधिहरु
समाचार