शिक्षा र स्वास्थ्य राज्यको दायित्व नबनाएसम्म समस्या समाधान नहुने


हेटौँडा, १४ असोज । “सरकारले शिक्षा र स्वास्थ्य राज्यको दायित्व नबनाएसम्म ती क्षेत्रमा देखिएका समस्याको दीर्घकालीन समाधान सम्भव हुनेछैन । शिक्षा राज्यको उच्च प्राथमिकताको विषय बनेपछि धेरै समस्याको समाधान हुनेछ ।” उक्त विचार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले आइतबार बसेको वाग्मती प्रदेश सभाको बैठकमा राख्नुभएको हो ।
प्रदेश सांसद गोसाईले अगाडि भन्नुभयो, “देशको शिक्षा क्षेत्र अस्तव्यस्त छ । समग्र शैक्षिक व्यवस्थामा सुधार ल्याउनेतर्पm सरकारको चासो देखिँदैन । शिक्षकहरूलाई सडकमा जान बाध्य पार्ने र प्रहरी लगाएर कुट्ने तथा सम्झौताको नाटक शासक दलहरू गर्दै छन् ।” उन्नत, आधुनिक तथा वैज्ञानिक शिक्षा दिन सरकार प्रतिबद्ध बन्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
स्वास्थ्य क्षेत्रको समस्याबारे धारणा राख्दै उहाँले भन्नुभयो, “नेपाल डाक्टर कुट्ने देश भनी बदनाम हुँदै छ । चिकित्सकहरूमाथि पाशविक हमला बढ्दो छ । यो अशोभनीय एवम् अमानवीय छ ।” योग्य एवम् सक्षम चिकित्सक तथा नर्सहरू विदेश पलायन भइरहेको अवस्थामा यस्ता घटना घट्नु संयोगमात्र नहुने उहाँको विश्लेषण थियो । उहाँले पछिल्ला घटनाहरूप्रति सरकार संवेदनशील एवम् गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।
शून्य समयमा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश सांसद सृजना सैँजूले काठमाडौँ ठमेलस्थित ऐतिहासिक कमल पोखरीमा बनाइएको निजी छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने जनताको माग रहेको बताउनुभयो । सोही माग राखेर असोज १३ गते धर्ना बसेका पाटन र काठमाडौँका जनतामाथि प्रहरी दमन भएकोमा उहाँले विरोध तथा भत्र्सना गर्नुभयो । सरकारले माफिया तस्करहरूको साथ नछोडेको भनी विरोध गर्नुभयो ।
अर्का प्रदेश सांसद गीता काप्mलेले चाडबाडको मुखमा गरिएको मूल्यवृद्धिले जनजीवन अत्यन्त कष्टकर बनाएको चर्चा गर्नुभयो । बारम्बार पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धि जनविरोधी कार्य भएको उहाँले प्रस्ट पार्नुभयो ।
वाग्मती प्रदेश सभाको अर्को बैठक सोमबार अपराह्न २ बजे बस्नेछ ।

वाग्मती प्रदेशमा नेपालभाषा र तामाङ भाषा सरकारी भाषा बनाइने
हेटौँडा, १४ असोज । वाग्मती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई सरकारी भाषा बनाइने तयारी सुरु भएको छ । वाग्मती प्रदेश सभाको आइतबार बसेको बैठकमा ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ पेश गरियो ।
उक्त विधेयनमाथि भएको सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद सुरेन्द्रराज गोसाईले देशमा बोलिने सम्पूर्ण भाषाप्रति राज्यले विनाभेदभाव न्याय तथा सम्मान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
भाषा, कला, संस्कृति तथा सम्पदा मानव सभ्यताका उपलब्धि एवम् उपहार भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “एउटा–एउटा भाषा विकासमा सयौँ हजारौँ वर्ष लाग्यो । भाषामाथिको विभेद भनेको इतिहासमाथि अन्याय हो । भाषा, कला, संस्कृति तथा सम्पदाको अवसान भनेको इतिहासको अवसान हो । ती सबै मानव समाजका सुन्दर निधि हुन् र मानव सभ्यताको विकासका कोशेढुङ्गा हुन् ।”
उहाँले नेपालभाषा साहित्य तःमुंज्याको उदाहरण दिँदै भाषा, कला, संस्कृति संरक्षण गर्न सक्रिय तःमुंज्याजस्ता दबुहरू धेरै आवश्यक छ भन्नुभयो । त्यस खालका दबुको संरक्षण तथा विकासको निम्ति प्रदेश सरकार पनि सचेत रहनुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो । प्रदेश सांसद् गोसाईले भाषा, कला, संस्कृति एवम् सम्पदा संरक्षण गर्न सचेत तथा सङ्घर्षशील जनता आवश्यक हुने विचार व्यक्त गर्नुभयो ।
अर्का प्रदेश सांसद सृजना सैंजूले भाषाको संरक्षणमा सरकार स्वयम् जिम्मेवार बन्न आवश्यक भएको चर्चा गर्नुभयो । उहाँले नयाँ पुस्तालाई मातृभाषामा अध्ययन अध्यापन गराइनुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । भाषा विकास तथा संरक्षणको लागि ठोस अगुवाइ आवश्यक भएको विचार उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “भाषा संरक्षण गर्न प्रज्ञा प्रतिष्ठानभैmँ बेग्लै संरचना आवश्यक छ ।”

पार्टी गतिविधिहरु
समाचार