“प्यालेस्टाइनी राज्य स्थापना गर्नु जरुरी छ”


भक्तपुर, १५ कार्तिक । “टोल, समाज र देशको सेवा गरेकाहरूलाई मृत्युपछि पनि सम्झना गरिन्छ । नयाँ पुस्ता सबैले पार्टीको विद्यार्थी, युवा, किसान, मजदुर सङ्गठनमा बसेर इमानदारीपूर्वक देश र जनताको सेवा गर्नु जरूरी छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले अग्रज किसान कार्यकर्ता एवं छालिङ गाउँ विकास समिति वडा नं. २ का जननिर्वाचित वडाध्यक्ष विष्णुभक्त चाकतुको निधनमा बुधबार भएको श्रद्धाञ्जली सभामा व्यक्त गर्नुभएको हो ।
उक्त सभामा समसामयिक विश्व राजनीतिबारे बोल्दै सचिव सुवालले भन्नुभयो, “पहिलो विश्व युद्धको उत्तराद्र्धमा बेलायतले युरोपका यहुदीहरूलाई प्यालेस्टाइनी भूमिमा बस्न प्रेरित ग¥यो । प्यालेस्टाइनीहरूले यहुदी बसोबासको विरोध गर्दा बेलायतले निर्मम दमन ग¥यो । दोस्रो विश्वयुद्धमा हिटलरले यहुदीहरूको संहार गरेपछि प्यालेस्टाइनीहरूले यहुदीहरूलाई आफ्नो भूमि गाजापट्टीमा शरण दिएका थिए ।”
अमेरिकी र बेलायती साम्राज्यवादले सन् १९४८ मा संरा सङ्घलाई निर्णय गराई प्यालेस्टाइनी भूमिमा यहुदीहरूको देश इजरायल घोषणा गरेको चर्चा गर्दै सचिव सुवालले त्यसयता ७५ वर्षदेखि प्यालेस्टाइनीहरू आफ्नो भूमि रक्षाको लागि यहुदीवादी इजरायलसँग लडिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “इजरायलका प्रधानमन्त्री न्यतन्याहुले संरा सङ्घको महासभामा गत असोज ५ गते प्यालेस्टाइनी भूमि मेटेर इजरायलको नक्सा देखाएका थिए । यसको पन्ध्र दिनपछि प्यालेस्टाइनीहरूको सैनिक सङ्गठन हमासले यहुदीवादी इजरायलविरूद्ध प्रत्याक्रमण ग¥यो । त्यसयता युद्ध चर्किरहेको छ ।”
“अमेरिकी राष्ट्रपति बाइडेन कार्तिक १ गते इजरायल पुगेर प्यालेस्टाइनीहरूविरूद्ध लडाइँ जारी राख्न आवश्यक सहयोग गर्ने बताए । हालै अमेरिकी सरकारले १५ अर्ब डलरको हतियार इजरायललाई सहयोग पठायो भने युद्धविरामसम्बन्धी संरा सङ्घबाट पारित प्रस्तावलाई निष्क्रिय पार्न सुरक्षा परिषद्मा भिटो प्रयोग ग¥यो”, सचिव सुवालले भन्नुभयो ।
अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली प्रम न्यतन्याहुको पागलपनलाई समर्थन गरेकोमा विरोध जनाउँदै उहाँले भन्नुभयो, “मध्यपूर्वमा शान्तिको लागि यहुदीवादी इजरायलले कब्जा गरेको प्यालेस्टाइनी भूमि फिर्ता गरी प्यालेस्टाइनी राज्य स्थापना गर्नु जरूरी छ । गाजापट्टीमा पुगेका इजरायली सेना तत्काल फिर्ता हुनु आवश्यक छ ।”
सचिव सुवालले भन्नुभयो, “अमेरिकी साम्राज्यवादले संसारका गरिब देशको स्रोत साधन कब्जा गर्न ठाउँ ठाउँमा नाकाबन्दी, धम्की र युद्ध गरिरहेको छ । प्यालेस्टाइनी जनताको समर्थनमा संसारमा आवाज उठिरहेको छ । नेपाली जनताले समर्थन गर्दै छन् ।
नेमकिपा छालिङ एकाइ समितिको आयोजनामा भएको उक्त श्रद्धाञ्जली सभामा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवाल, नेमकिपा चाँगुका अध्यक्ष न्हुछेभक्त फोजू र सूर्यबहादुर फोजूले पनि बोल्नुभएको थियो । कार्यक्रम नेमकिपा छालिङका अध्यक्ष रत्नबहादुर ह्यौँमिखाको सभापतित्वमा भएको थियो ।

पार्टी गतिविधिहरु
समाचार