विभिन्न सांस्कृतिक ¥याली तथा सभामा साम्राज्यवादी अमेरिकाको निन्दा र भत्र्सना


भक्तपुर, २७ कार्तिक । नेपालभाषा साहित्य तःमुंज्याले नेपाल संवत् ११४४ को अवसरमा सोमबार सांस्कृतिक ¥यालीको आयोजना ग¥यो ।
सूर्यमढी र टौमढी गरी छुट्टाछुट्टै स्थानबाट सुरु भएको सो ¥याली नगर परिक्रमा गर्दै लाय्कुमा पुगी सभामा परिणत भएको थियो । सभा हुनुअघि खौमास्थित मास्टर जगतसुन्दर मल्लको प्रतिमामा समाजका विभिन्न व्यक्तित्व तथा ¥यालीमा सहभागी सांस्कृतिक टोलीका अग्रजहरूबाट पुष्पार्पण गरिएको थियो ।
सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले भाषा, साहित्य र संस्कृति मानव सभ्यताको विकासको सिलसिला भएको विचार व्यक्त गर्दै सबै भाषा, संवत् र संस्कृतिलाई समान दृष्टिले हेर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले अमेरिकी सरकारको दबाबमा भएको एमसीसी सम्झौता र युक्रेनमा अमेरिकी युद्धको समर्थनमा रुसविरुद्ध संयुक्त राष्ट्र सङ्घमा नेपालले मतदान गरेर नेपाल भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादको पिछलग्गू भएको प्रस्ट हुन्छ भन्नुभयो ।
संसारका स्वाधीन र सार्वभौम देशमा आतङ्क मच्चाएर नरसंहार गर्दै हिँड्ने अमेरिकी साम्राज्यवादको इतिहास मानव जातिको रगतले लटपटिएको उल्लेख गर्दै सचिव सुवालले इजरायलमा प्रधानमन्त्री न्यतन्याहुले प्यालेस्टाइनले नक्सा मेटेको कारण हमासले इजरायलमा प्रत्याक्रमण गरेको विचार व्यक्त गर्नुभयो ।
युद्ध भूमि इजरायलमा नेपालीहरूलाई पढ्न र कमाउन पठाउने सरकार र म्यानपावरका कम्पनीलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै उहाँले पक्राउमा परेका नेपालीलाई नेपाल फर्काउने प्रयास सरकारले गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कम्युनिस्ट पार्टी भनिने शासक दलले देश र जनताको हितमा काम नगर्दा जनताले दुःख पाएको चर्चा गर्दै सांसद सुवालले देशविरोधी र जनविरोधी दल सच्चा कम्युनिस्ट नहुने बताउनुभयो ।
इजरायल–प्यालेस्टाइन युद्ध बन्द गर्न र गराउन संसारका विभिन्न देशमा विरोध प्रदर्शन र सभा भइरहेको उल्लेख गर्दै उहाँले युद्ध बन्द नभएसम्म सङ्घर्ष चालु रहने बताउनुभयो ।
सहर ध्वस्त बनाउँदै जातीय नरसंहार गर्ने इजरायलका प्रधानमन्त्री न्यतन्याहुलाई अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लगाउनुपर्ने माग गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्यालेस्टिनी जनताको राज्य हुनुपर्छ, उनीहरू सुरक्षित हुनुपर्छ ।”
पक्षपात र भ्रष्टाचार भइरहेसम्म सङ्घर्ष भइरहने विचार व्यक्त गर्दै उहाँले प्यालेस्टिनी जनता उठाएर तेल कब्जा गर्ने अमेरिकी षड्यन्त्रको विरोध गर्दै उहाँले तेस्रो विश्व युद्ध हुने खतराको घण्टी बजिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्यालेस्टिनीहरू मर्न तयार हुन्छन् तर प्यालेस्टाइन भूमि छोड्दैनन् ।”
सभामा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले आ–आफ्नो भाषा, साहित्य, रीतिथिति कायम राख्न आग्रह गर्दै चाडबाड सहज ढङ्गले मनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्जारले सभापतिको आसनबाट बोल्दै जनता बाँचे भाषा पनि रहन्छ, देश जोगाउन अमेरिकी साम्राज्यवाद र एमसीसी सम्झौता खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।
सभामा तःमुंज्याका सचिव नरेश खत्रीले पनि बोल्नुभएको थियो ।
¥याली सुरु हुनुभन्दा अघि सूर्यमढीमा ज्ञानसागर प्रजापति र टौमढीमा प्रेमगोपाल कर्माचार्यले नेपाल संवत्को महत्वबारे चर्चा गर्नुभयो ।

सूर्यविनायकमा सांस्कृतिक भिन्तुना ¥याली
सूर्यविनायक प्रगतिशील सांस्कृतिक समाजको आयोजनामा पनि नेपाल संवत् ११४४ को अवसरमा ¥याली भयो । सूनपाको सुरु भएको ¥याली कंपली चोकमा पुगी समापन भएको थियो । उक्त सभामा नेमकिपाका केन्द्रीय सदस्य सरोज गोसाईले सानो देशमाथिको शक्तिशाली देशको आक्रमणको विरोध गर्नु सबै नेपालीको कर्तव्य भएको धारणा राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले नेपाल पनि प्यालेस्टाइन बन्ने खतरा भएको भन्दै सुस्ता, लिपुलेक, लिम्पियाधुरालगायत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भारतले नेपाली भूमि मिचिरहेको बताउनुभयो । उहाँले अमेरिकी साम्राज्यवादको स्वार्थको निम्ति नै विभिन्न युद्धहरू भइरहेको उल्लेख गर्दै देशको स्वतन्त्रता तथा स्वाधीनताको निम्ति अब सबै नेपाली एक हुनुपर्ने तर्क राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष काजीबहादुर पञ्चले यसपालि इजरायलले प्यालेस्टाइन जनतामाथिको आक्रमणको विरोधमा ¥याली केन्द्रित भएको विचार राख्नुभयो ।
श्यामसुन्दर सुवालले विभिन्न सङ्घ तथा संस्थाको सहभागिताको निम्ति धन्यवाद दिनुभयोे । कार्यक्रममा महेन्द्र बखुन्छेँ, रोशन मचामसी, सुरेश बखुन्छेँलगायतले आफ्नो विचार राख्नुभएको थियो ।
यसरी नै चाँगुनारायण प्रगतिशील सांस्कृतिक समाजको आयोजनामा पनि ¥याली भयो ।
भाजु भैरव छालिङबाट सुरु भएको ¥याली झौखेल लाकिलामा पुगी सभामा परिणत भयो । त्यस्तै, सल्लाघारी दुवाकोट मोडबाट सुरु भएको ¥याली यापी भैरव झौखेलमा पुगी समापन भएको थियो ।

ताथलीमा सांस्कृतिक भिन्तुना ¥याली
चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सांस्कृतिक भिन्तुना ¥याली भयो ।
सो भिन्तुना ¥यालीको उद्घाटन वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले गर्नुभएको थियो । उहाँले राष्ट्रिय संवत्को रूपमा रहेको नेपाल संवत्लाई व्यवहारमा उतार्ने काममा सरकारले विशेष पहल गर्न जरुरी रहेको उल्लेख गर्दै भाषा, कला र संस्कृति नै मानिसको पहिचान भएकोले सो पहिचान जगेर्ना गर्न अग्रसर हुनुपर्ने बताउनुभयो ।
चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातले अहिले पनि नेपालीहरूको थाप्लोमा हजारौँ ऋण भएको उल्लेख गर्दै शंखधर साख्वाजस्ता मनकारी व्यक्तिको राजनीतिमा अभाव हुँदा जनताले दुःख पाएको बताउनुभयो ।
कार्यक्रम संयोजक उत्तम साखकर्मी, समाजका उपाध्यक्ष हरिसुन्दर छुकांले नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा सरकारले मान्यता दिए पनि अझै व्यवहारमा नआउँदा नेपाल संवत्बारे रहेको भ्रम हटाउन हरेक वर्ष भिन्तुना ¥याली गर्दै आएको बताउनुभयो ।

आयोजक समाजका अध्यक्ष रवीन बासुकलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले युवाहरूबिचको आपसी एकतालाई कायम राख्न र युवाहरूलाई सिर्जनशील बनाउन प्रगति युवा समाजले विभिन्न सामाजिक र सांस्कृतिक गतिविधिहरू गर्दै आइरहेको चर्चा गर्नुभएको थियो ।
¥यालीमा ताथलीको खगाङ बाँसुरी बाजा समूह, बनमाला टोलस्थित ताथली धिमे खलः, गचाको देवीबाँसुरी बाजा समूह, थनेको माझी भैरव बाँसुरी बाजा खलः, फैढोकाको तैकाबु गणेश बाँसुरी खलः, फैढोका धिमे खलः, गचास्थित आजु धिमे खलःलगायतका सांस्कृतिक टोली, विभिन्न सङ्घसंस्था, विद्यालय, सहकारी, युवा समाजका प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
ताथलीको फैढोकाबाट ¥यालीले ताथलीको ब्रह्मायणी, इथाचा, इथुली, चुनदेवी, डाँडापाटी, एकाडोल, तब्याखुसी, सौडोल (गचा), थने, सिसौघारी, गोठालेचौर, बनमाला टोल, साखकर्मी टोल, तधचालगायतका स्थानको परिक्रमा गरेको थियो । ¥यालीको समापन सौडोलस्थित देवी माध्यमिक विद्यालयमा भएको थियो ।
उक्त सभाहरूमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई, नेक्रामसङ्घका अध्यक्ष अनुराधा थापामगर र वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले बोल्नुभएको थियो ।
विविध भाषा साहित्यिक समाजको आयोजनामा न्हू दँ सांस्कृतिक ¥याली बोडेको ख्वपला टोलबाट सुरु भएको थियो । ¥यालीपछि आयोजित सभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बोल्नुभएको थियो ।

​​​​​​​

पार्टी गतिविधिहरु
समाचार