सुर्खेतमा नेपाल क्रान्तिकारी मजदुर सङ्घको स्थापना दिवस


सुर्खेतमा नेपाल क्रान्तिकारी मजदुर सङ्घको स्थापना दिवस

सुर्खेत, १७ मङ्सिर । नेपाल क्रान्तिकारी मजदुर सङ्घको स्थापना दिवस (मङ्सिर १५) को अवसरमा विश्व सर्वहारा वर्गका महान नेता फ्रेडरिक एङ्गेल्सको २०३ आँै जन्मजयन्ती गरी मनाइयो ।
आयोजक समितिका अध्यक्ष अकलबहादुर रानाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरुङले फ्रेडरिक एङ्गेल्सको जीवनी र योगदानबारे जानकारी दिनुभयो ।
उहाँले पार्टी निर्देशन पालना गर्नु साङ्गठनिक आचरण लागू गर्नु कार्यकर्ताको अनुशासन भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहोरा, शेरबहादुर शाही, प्रेमकुमार थापा, बिजुकला राना, गोविन्दनाथ योगी, धनेन्द्र विक, पर्व कार्की, हस्तबहादुर गुरुङ, धनबहादुर रावत, ऐनबहादुर शाही, निरकबहादुर शाही र मनबहादुर विकलगायतले बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार