“साम्राज्यवादी आक्रमणको नेपाली जनताले विरोध गर्नु जरूरी छ”


भक्तपुर, ६ पुस । “नेपाल मजदुर किसान पार्टीले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा आवाज उठाउँदै आएको छ । दुवाकोट र नगरकोट सडक निर्माण विलम्ब भएको विषय हामीले सडक र संसद्मा पटक पटक उठाएका छौँ ।”
उक्त भनाइ इजरायली फासीवादले प्यालेस्टिनमा मच्चाएको नरसंहारविरूद्ध नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले शुक्रबार चाँगुमा गरेको प्रदर्शन तथा विरोध सभामा पार्टीका सचिव तथा सांसद प्रेम सुवालले राख्नुभएको हो ।
मेलम्चीको खानेपानी काठमाडौँ ल्याउने भनी एसियाली विकास बैङ्कसँग ६० अर्ब रूपैयाँ ऋण ल्याएर काम गरेको तर पानी आउने अवस्था नभएको उहाँले बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “बैङ्क र वित्तीय संस्थाबाट ऋण प्रवाह भएको ४८ खर्ब रूपैयाँमध्ये साना उद्योगको लागि १ खर्बमात्र गएको सार्वजनिक भयो । पुँजीवाद भनेको केही व्यक्तिको हातमा देशको स्रोत साधन कब्जा हुने हो । २०११ सालमा लोटा लिएर नेपाल पसेकाहरू नै अहिले देशको सबभन्दा धनीमा गनिएका छन् । त्यस्ता व्यक्तिहरू शासक पार्टीहरूको नजिकमात्र होइन सांसदसमेत छन् ।”
“कम्युनिस्टहरूले कामदारवर्गको सरकार बनाउँछन्, उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गर्छन् । देशभित्र योग्यताअनुसार काम र कामअनुसार ज्यालाको व्यवस्था गर्छन्, शोषणको अन्त्य गर्छन् । एक व्यक्तिले अर्को व्यक्तिमा हुने शोषण अन्त्य भएपछि एक देशले अर्को देशमाथि हुने शोषण पनि अन्त्य हुन्छ । सरकारमा गएका नेपालका कम्युनिस्टहरूले यी काम गरेनन् । यसकारण, ती सबै नक्कली कम्युनिस्ट हुन्”, सांसद सुवालले स्पष्ट पार्दै भन्नुभयो ।
उहाँले भन्नुभयो, “प्यालेस्टिनमा इजरायली फासीवाद र अमेरिकी साम्राज्यवादको कब्जा र जातीय नरसंहार हो । असोज ५ गते प्यालेस्टिनको नक्सा मेटेर इजरायली प्रम नेतन्याहुले संरा सङ्घमा मध्यपूर्वको नयाँ नक्सा देखाएका थिए । उक्त घटनामा नेपाली विद्यार्थी १० जनाको इजरायलमा ज्यान गुम्यो र १ जना विद्यार्थी बेपत्ता छ । युद्धभूमि इजरायलमा नेपाली युवा विद्यार्थीलाई काममा पठाउने प्रधानमन्त्री, मन्त्री, सचिव र म्यानपावर कम्पनीका सञ्चालकहरू दोषी छन् ।” “हमासविरूद्धको लडाइँको निहुँमा अमेरिकी हतियार ल्याएर इजरायलले २० हजारभन्दा बढी प्यालेस्टिनीको नरसंहार, ९७ जना पत्रकार र ३१० स्वास्थ्य कार्यकर्ताको हत्या ग¥यो । अस्पतालमुनि हमास लुकेको भनी इजरायलले गाजापट्टीका ३६ मध्ये २६ ओटा अस्पतालहरू ध्वस्त पा¥यो”, उहाँले भन्नुभयो ।
प्यालेस्टिनमा इजरायली र अमेरिकी आक्रमण र जातीय नरसंहारको संसारभरि विरोध भइरहेको चर्चा गर्दै सचिव सुवालले नेपाली जनताले पनि इजरायली फासीवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्नु जरूरी रहेको बताउनुभयो ।“साम्राज्यवादी आक्रमणको नेपाली जनताले विरोध गर्नु जरूरी छ”
“अमेरिकी साम्राज्यवादले नै युक्रेनलाई हतियार दिएर रूसविरूद्ध लडाएको हो । अमेरिकी सरकारले नाटोमा चाहेमा युक्रेन र प्यालेस्टिनमा आक्रमण तत्काल रोकिनेछ”, उहाँले भन्नुभयो ।
“इन्डियाले नेपालसमेत गाभेर अखण्ड भारतको नक्सा ससद् भवनमा अङ्कित गरेको  छ । एमसीसी सम्झौतामा अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने व्यवस्था छ । एसपीपीअनुसार अमेरिकी सेनाले नेपालको सैनिक ब्यारेक कब्जा गर्नेछ । यसकारण, नेपाली जनताले युद्धको विरोध गर्नु जरूरी छ । नेपाली युवालाई भाडाको सिपाहीँ बनाउने गोर्खा भर्ती खारेज गराउन आवाज उठाउनुपर्छ”, सांसद सुवालले भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी तथा सचिव केवल भण्डारीलगायतलाई रकम दिनुपर्ने भन्दै मन्त्री निकटका केही व्यक्तिहरूले म्यानपावर कम्पनीसँग रू. १० लाखसम्म उठाएको समाचार प्रकाशित हुनु खेदजनक रहेको उल्लेख गर्दै शासक दलका नेताहरू बहुराष्ट्रिय कम्पनीका दलाल साबित भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष सुरेश परियारले इजरायली फासीवादले जातिवादलाई प्रश्रय दिएर प्यालेस्टिनमा जातीय नरसंहार मच्चाइरहेको उल्लेख गर्दै नेपाली जनताले पनि जातीय भेदभावलाई अन्त्य गर्नु जरूरी रहेको बताउनुभयो ।
चाँगुनारायण नपा वडा नं ३, झौखेल, दाहालगाउँबाट सुरू भएको ¥याली गेलाल गाउँ हुँदै न्यौपाने गाउँस्थित चाँगुनारायण मावि अगाडि पिपलबोटमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका सुष्मा बाटा, राजन फुयाँलले पनि बोल्नुभएको थियो भने सपना शाही र टेरेसा विकले गीत प्रस्तुत गर्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार