काठमाडौँ महानगरमा पार्टीको परिषद् सन्देश कार्यक्रम


काठमाडौँ, २ माघ । नेपाल मजदुर किसान पार्टी काठमाडौँ महानगर समितिको आयोजनामा कार्यकर्ताबिच मङ्गलबार काठमाडौँ महानगर २५ वडास्थित त्यौडमा सन्देश कार्यक्रम सम्पन्न भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले पार्टीको ३५ औँ केन्द्रीय परिषद्मा भएका निर्णयहरूबारे प्रस्ट पार्नुभयो ।
उहाँले पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरी पार्टीको विचार, नीति, सिद्धान्त, पार्टीको प्रकाशन र पत्रिका, सर्वहारावर्गका महान् गुरुहरू माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन, माओ त्सेतुङका जीवनी र योगदानबारे जनताबिच पु¥याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सदस्य एन.बी. श्रेष्ठले राजनीतिक कार्यकर्ताहरूमा हुनुपर्ने गुण र राजनैतिक कार्यकर्तामा आइपर्नसक्ने समस्या र समाधानको उपायबारे बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले देशको राजनीतिमा नेमकिपा प्रकाशस्तम्भको रूपमा अगाडि बढिरहेको बताउनुभयो ।
नेमकिपा काठमाडौँ महानगरका नरमान महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा महानगर समितिका कुलनारायण डंगोल, राजु कपाली, सूर्यमान, नारायणप्रसाद, अकल महर्जन, सानुकाजी महर्जनलगायतले परिषद्को सन्देश, देशको राजनीतिक अवस्था र तेस्रो नेपालभाषा साहित्य तःमुंज्याको तयारीबारे बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार