जिल्ला – जिल्लामा नेमकिपाको स्थापना दिवस


कालीकोट, ११ माघ । नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिको आयोजनामा पार्टीको ५० औँ स्थापना दिवस कार्यक्रम पार्टी जिल्ला समिति कालीकोटका अध्यक्ष खड्गराज शाहीको अध्यक्षतामा सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन गर्दै २०३१ मा १० गते स्थापना भएको नेमकिपाले विभिन्न चुनौतीको सामना गर्दै हुर्केको पार्टी भएको बताउनुभयो । पार्टीले आफ्ना गतिविधि जनताको राजनैतिक स्तर उठाउन केन्द्रित गरेको चर्चा गर्दै उहाँले आफूलाई ठुलो र देशको मूलप्रवाह दाबी गर्ने केही दलहरू गन्तव्यहीन यात्रामा रहेकाले देश दिनप्रतिदिन सङ्कटमा फस्दै गएको बताउनुभयो । शासक दलहरूले आफूलाई छेपारोले जस्तै रङ फेरिराख्ने हँुदा जनता पटकपटक झुक्किने गरेको उल्लेख गर्दै उहाँले नागरिक सचेत रहनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष नरदीप शाहीले नेपालको कम्युनिस्ट आन्दोलनमा नेपाल मजदुर किसान पार्टीको स्थापना हुनुका आधारहरूबारे चर्चा गर्दै नेमकिपा पद र पैसाको लागि राजनिति गर्ने पार्टी नभएको बताउनुभयो । समाजलाई बुद्धिजीवीकरण गर्ने अभियानमा जुटेको विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
पार्टी जिल्ला समिति कालीकोटका सहसचिव रवीन्द्रबहादुर शाही, नेक्रामहिलासङ्घका केन्द्रीय सदस्य जैसरा रोकामगरले पनि बोल्नुभएको थियो । जिल्ला सदरमुकाम मान्मबाट सुरु भएको ¥याली प्रतिमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रमको बिच बिचमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू देखाइएको थियो ।
पार्टी स्थापना दिवसमा बाँकेमा प्रशिक्षण
बाँके । नेमकिपाको ५० औँ स्थापना दिवसको अवसरमा बुधबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा बाँकेका अध्यक्ष बखत थापाले नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएको खोटो विचार, जनताको वर्गीय शत्रु मित्रको पहिचान र अन्तर्राष्ट्रिय परिस्थितिमा देखिएको मतभेदको कारण नेमकिपा स्थापना भएको हो भन्नुभयो ।
माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारलाई मार्ग निर्देशक मानी अघि बढिरहेको उल्लेख गर्दै उहाँले नेमकिपा माक्र्सवादको ऐतिहासिक द्वन्द्वात्मक र भौतिकवादमा विश्वास गर्छ भन्नुभयो ।
देश र जनताको निःस्वार्थ सेवालाई मूलमन्त्र मानी काम गरिरहेको उल्लेख गर्दै अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवादको एकाधिकार पुँजी र त्यसका दलाल पुँजीपतिवर्गको विरोध सडक र सदनमा सङ्घर्ष गर्ने पार्टी नेमकिपा हो भन्नुभयो ।
नेमकिपा बाँकेका उपाध्यक्ष गौरीकान्त आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेमकिपा बाँकेका सदस्य अंजिर शाहीले स्वागत गर्नुभयो ।
नेक्राशिसङ्घका संयोजक वीरबहादुर चौधरी, नेक्रामसङ्घका अध्यक्ष कोकिला शाही, नेक्रायुसङ्घका अध्यक्ष प्रकाश शाह, नेक्राविसङ्घका अध्यक्ष भावना थापा, नेमकिपा दैलेखका जिल्ला सदस्य शेरबहादुर बिकले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको बिच बिचमा थारु भाषाको गीतमा नृत्य देखाइएको थियो । भावना सिंहले प्रगतिशील गीत प्रस्तुत गर्र्नुभएको थियो ।
यसैबिच नेमकिपा कोहलपुर नगर समितिको भेलाले शेरबहादुर शाहीको अध्यक्षतामा १० सदस्यीय कोहलपुर पार्टी नगर समिति गठन ग¥यो ।
दोलखाका कार्यकर्तामाझ पार्टी स्थापना दिवस
नेमकिपा, दोलखा जिल्ला समितिको आयोजनामा बुधबार पार्टीको स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले नेमकिपाको स्थापना नभएको भए नेपालमा संशोधनवाद, वामपन्थी र दक्षिणपन्थी अवसरवादको विरोध गर्ने कम्युनिस्ट पार्टी नै हुने थिएन भन्नुभयो ।
उहाँले भन्नुभयो, “मजदुर र किसानमाझ अन्तरक्रिया कार्यक्रम गर्दै राजनैतिकरूपमा सचेत गर्नु आजको आवश्यकता हो ।”
नेमकिपा दोलखा जिल्ला समितिका अध्यक्ष केजी श्रेष्ठले नेमकिपाले सदा नेपाली जनताको हित र देशको सार्वभौमिकताको सुरक्षा, राष्ट्रिय अखण्डता र भारतीय एकाधिकार पुँजीको विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आइरहेको हो भन्नुभयो ।
नेक्रायुसङ्घका जगतराम धुख्वाले पुँजीवादी सरकारबाट बहुसङ्ख्यक कामदार वर्गको हित हँुदैन भन्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा आबी मास्के, तीर्थरत्न, डीवी जिरेल, केवी सुवाल, मयप्रसाद शिवाकोटीले प्यालेस्टिनी जनतामाथि इजरायली फासीवादले संरा अमेरिका र बेलायतको उक्साइमा गरिरहेको आक्रमण र नरसंहारको विरुद्ध नेमकिपाले सङ्घर्ष गरिरहेको प्रकाश पार्नुभयो ।
सिन्धुलीका कार्यकर्तामाझ पार्टी स्थापनाको आवश्यकताबारे अन्तरक्रिया
काठमाडौँ । नेमकिपा सिन्धुली जिल्ला समितिको व्यवस्थापनमा नेमकिपामा आबद्ध कार्यकर्ता र शुभचिन्तकमाझ मङ्गलबार काठमाडौँमा अन्तरक्रिया कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एनबी श्रेष्ठले पार्टीको ५० औँ पार्टी स्थापना दिवस वर्षभरि प्रशिक्षणात्मक कार्यक्रम गर्दै मनाउने केन्द्रीय परिषद्को निर्णयअनुसार कार्यक्रम भइरहेको जानकारी दिँदै चुनावबाट समाजवाद ल्याउने सोच संशोधनवाद हो† संशोधनवादी विचार बोक्ने पार्टी कम्युनिस्ट हुँदैन भन्नुभयो ।
नेपाल कर्मचारी समाजका अध्यक्ष एलपी गौतमले नेमकिपाका जनप्रतिनिधिहरूले नेमकिपाको घोषणापत्रअनुसार भक्तपुरको लागि मात्र होइन सारा देशका जनताको लागि काम गरिरहेको बताउनुभयो ।
नेमकिपा सिन्धुलीका अध्यक्ष कृष्ण श्रेष्ठको सभापतित्वमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा एनके ग्वाछा, लक्ष्मण ग्वाछा, रणबहादुर क्षेत्री, हरि गोर्खाली, के. एस. मचामसी र गीता दुवाललगायतले बोल्नुभयो ।
सिन्धुपाल्चोकका कार्यकर्तामाझ स्थापना दिवसमा अन्तरक्रिया
सिन्धुपाल्चोक । नेमकिपा सिन्धुपाल्चोकका कार्यकर्तामाझ मङ्गलबार एक अन्तरक्रियात्मक छलफल कार्यक्रम भयो । डी.वी. कायस्थको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपाका वाग्मती प्रदेश समितिका सदस्य एन. महर्जनले नेमकिपाले देशमा आमूल परिवर्तनको लागि राजनैतिक शिक्षा दिँदै आइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरभित्र शिक्षा, स्वास्थ्य, वातावरण सुधार, सरसफाइ, कला संस्कृति संरक्षण, व्यवस्थित आवास क्षेत्र निर्माण, खेलकुद, राजनैतिक चेतना विकास गर्ने कार्यमा राम्रो सफलता मिलेको छ ।”
कर्मचारी समाजका गौरवले भन्नुभयो, “यहाँका जनतामा सांस्कृतिक स्तरको विकास गर्न जरुरी छ । पार्टीको कार्य वा जनताको सेवा कार्यलाई नियमित कार्य वा कर्तव्यबोध हुने गरी अगाडि बढ्नु छ ।”
कार्यक्रममा रण राना, एच.आर. गोर्खाली, शिला, राजमती, लक्ष्मीप्रसाद, लक्ष्मीदास श्रेष्ठलगायतले नेपालमा समाजवादी व्यवस्था स्थापना गर्न कामदार जनतालाई राजनैतिकरूपले सचेत र सङ्गठित गर्ने काम गरिरहेको बताउनुभयो ।

पार्टी गतिविधिहरु
समाचार