जिल्ला जिल्लामा नेमकिपाको स्थापना दिवस


वर्गीय समाजमा राजनीति पनि वर्गीय हुने
कञ्चनपुर
नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं. १ बैशाखीमा स्थानीय किसान तथा महिलाहरूको मङ्गलबार भेला भयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले वर्गीय समाजमा राजनीति पनि वर्गीय हुने प्रस्ट पार्दै उहाँले सबै राजनैतिक दलहरूलाई एउटै आँखाले हेर्न नहुने बताउनुभयो । उहाँले नेमकिपा स्थापना कालदेखि नै काम गरिखाने किसान र मजदुरहरूको हकहितको लागि सङ्घर्ष गर्दै आएको चर्चा गर्दै भन्नुभयो, “सरकारमा गएका दलहरूले कहिल्यै पनि गरिबको विषयमा नसोचेको हुँदा नेपाली जनताले दुःख पाएका हुन् ।”
केन्द्रीय सदस्य शाहीले उत्पादनका साधनहरूमाथिको स्वामित्व र उत्पादन सम्बन्ध पुँजीपतिवर्गमा केन्द्रित हुँदा शोषण कायम हुने उल्लेख गर्दै समाजवादी व्यवस्थामा उत्पादनका साधनहरू राज्यको स्वामित्वमा जाने बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले समाजवादी व्यवस्थामा नागरिकको जन्मदेखि मरणोपरान्तसम्मको सम्पूर्ण व्यवस्था राज्यले गर्ने बताउनुभयो । उहाँले साँचो कम्युनिस्टहरू जनताको सेवामा समर्पित हुने चर्चा गर्दै राज्य व्यवस्था परिवर्तन गर्न शोषित पीडित जनता आफँै सङ्गठित हुनुपर्नेमा जोड दिनुभयो ।
पार्टीका कैलाली जिल्ला अध्यक्ष रमेशकुमार रावलले नेमकिपाको इतिहासबारे उल्लेख गर्दै भारतीय शासकवर्गले सदैव नेपालमाथि हेपाहा दृष्टिकोण राख्दै आएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय सदस्य सुरेन्द्र था श्रेष्ठले राजनैतिक दर्शन र वर्गीय आधारबिना कुनै पनि दलको दिशानिर्देश नहुने बताउनुभयो ।
भेलाले कटकबहादुर शाहीको अध्यक्षतामा पार्टीको प्रारम्भिक समिति र रत्ना शाहीको अध्यक्षतामा नेपाल क्रान्तिकारी महिला सङ्घको प्रारम्भिक समिति गठन ग¥यो ।

सीमा अतिक्रमणविरुद्ध आवाज उठाउन जोड
कैलाली
नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा धनगढी उप महानगरपालिका वडा नं. ४ बोराडाँडीमा महिलाहरूको भेला सोमबार सम्पन्न भयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका नन्दा रानामगरको सभापतित्वमा सम्पन्न उक्त भेलामा पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेपाली जनता राजनैतिकरूपमा सचेत नहुँदा शासक दलहरूले जनतालाई झुक्याएर देशघात गरिरहेका छन् भन्नुभयो ।
उहाँले देशघाती महाकाली सन्धिका कारण महाकाली नदीको सम्पूर्ण पानी र बिजुलीमाथि भारतीय एकाधिकार पुँजीको नियन्त्रण कायम भएको र नेपाली भूमिमा भारतीय चेकपोस्ट बसिरहेको उल्लेख गर्दै सीमा अतिक्रमणविरुद्ध आवाज उठाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “शासक दलहरू भारतीय विस्तारवादसामु नतमस्तक भएको कारण सिमानाका जनताले दुःख पाइरहेका छन् ।”
सीमा रक्षा गर्न नसक्ने सरकार देशभक्त हुनै नसक्ने उल्लेख गर्दै उहाँले देशको सार्वभौमिकता रक्षाको लागि न्यायप्रेमी जनता एकजुट हुनुको विकल्प नरहेको स्पष्ट पार्नुुभयो ।
पार्टीका कैलाली जिल्ला अध्यक्ष रमेशकुमार रावलले वर्गीय मुक्तिसँगै महिला मुक्ति सम्भव हुने चर्चा गर्दै कामदारवर्गको सङ्घर्षलाई रोक्न सरकारले नेपाली युवाहरूलाई विदेश पलायन गरिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य रोशनमैया सुवाल र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सेमसल तामाङले सरकारले कहिल्यै पनि कामदार महिलाहरूको हितमा काम नगरेको चर्चा गर्दै कमैया मुक्तिको नाममा किसानहरूलाई जग्गाको स्वामित्वबाट वञ्चित गराएको दाबी गर्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय सदस्य सुरेन्द्र था श्रेष्ठले नेपाली जनताले राजनैतिक दलका नेताहरूलाई जिताए पनि भारतीय शासकवर्गको निर्देशनमा मात्र सरकार गठन हुने चर्चा गर्नुभयो । उहाँले नेपाल सरकार सार्वभौमसत्ता सम्पन्न नभएको औँल्याउनुभयो ।

पुँजीवादी व्यवस्थाको विकल्प समाजवाद
उदयपुर
नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा त्रियुगा नगरपालिका–३, सगरमाथा टोल मोतिगडामा पार्टी समर्थित व्यक्तिहरूको भेला भयो ।
नेमकिपाका केन्दीय सदस्य एवम् कोसी प्रदेश संयोजक उकेश कवांले समाजवादी व्यवस्थामा मात्र कामदार जनताको भलो हुने बताउनुभयो । नेमकिपा जनताको प्रजातन्त्र, समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष्यका लागि सङ्घर्ष गरिरहेको उल्लेख गर्दै उहाँले समाजवादमा योग्यतानुसारको काम र कामअनुसार ज्यालाको बन्दोबस्त, शिक्षा, स्वास्थ निःशुल्क, व्यक्तित्व विकासमा समान अवसर, सबैलाई रोजगारको बन्दोबस्त हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पुँजीवादको छाया भ्रष्टाचार हो । पुँजीवादी व्यवस्थाको अन्त्य नभएसम्म देश र जनताको समस्या समाधान नहुने हुँदा त्यसको विकल्प समाजवाद हो ।”
नेमकिपा उदयपुरका अध्यक्ष विष्णु खत्रीले तल्लो वर्ग सङ्गठित भएर नलडेसम्म शोषक र सामन्तले दुःख दिने हुँदा सङ्गठित हुन आग्रह गर्नुभयो । भेजिल्ला जिल्लामा नेमकिपाको स्थापना दिवसलाले गोविन्द कटुवालको अध्यक्षतामा ५ सदस्यीय नेमकिपा त्रियुगा ३ वडा समिति गठन ग¥यो ।
त्यस्तै, कटारी नगरपालिका–३ मा पनि प्रशिक्षण कार्यक्रम भएको थियो ।

पार्टी गतिविधिहरु
समाचार