कैलाली लम्कीमा कार्यकर्ता प्रशिक्षण


लाली, १८ माघ । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेमकिपा कैलाली जिल्ला समितिको आयोजनामा बिहीबार लम्कीमा कार्यकर्ता प्रशिक्षण सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेपाली जनताले कम्युनिस्टलाई भनी चुनावमा मतदान गरेको तर सरकारमा गएका पार्टीहरूले भारतीय विस्तारवादलाई खुसी पार्न कम्युनिस्ट चरित्रविपरीत कार्य गरिरहेको बताउनुभयो ।कैलाली लम्कीमा कार्यकर्ता प्रशिक्षण
उहाँले कम्युनिस्टको नाम भजेर जनतालाई छलछाम गर्नेहरू जनविरोधी भएको चर्चा गर्दै भन्नुभयो, “नामले कम्युनिस्ट भन्ने, तर निजीकरणलाई बढावा दिने, देशका नदीनाला भारतीय एकाधिकार पुँजीलाई सुम्पने र एमसीसी सम्झौता गर्नेहरू कम्युनिस्ट हुनैसक्दैनन् ।”
केन्द्रीय सदस्य शाहीले पार्टीको सही दृष्टिकोण र विचार कामदार जनतामाझ पु¥याएर समाजवाद स्थापनाको अभियानमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।
अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले पार्टीको इतिहास र स्थापनाका सैद्धान्तिक आधारहरूबारे प्रशिक्षण दिनुभयो ।
आयोजक समितिका अध्यक्ष रमेशकुमार रावलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय सदस्य सुरेन्द्र था श्रेष्ठले कठिन परिस्थितिमा पनि पार्टीलाई बचाउने र जनताबिच फैलाउने कार्यमा निरन्तर लाग्ने अग्रज कार्यकर्ताहरूप्रति सम्मान व्यक्त गर्नुभयो ।
कार्यक्रममा पार्टी जिल्ला समितिका गगनबहादुर थापामगर, लक्ष्मी पुन र प्रेम बडुवालले पार्टी गतिविधिबारे जानकारी दिनुभयो ।

पार्टी गतिविधिहरु
समाचार