तनहुँमा नेक्राकिसङ्घ एकाइ समिति गठन


तनहुँ १७, फागुन । नेपाल मजदुर किसान पार्टीको ५० आँै स्थापना दिवसको अवसरमा तनहुँ म्याग्दे गाउँपालिका वडा नं ७, सकिधारा एम्लेबर गाउँमा किसान भेला भयो ।
उक्त भेलामा नेपाल मजदुर किसान पार्टी गण्डकी प्रदेशका सदस्य मीनबहादुर बाटाले पार्टी स्थापनाकालदेखि काम गरी खाने वर्गको पक्षमा रहेको उल्लेख गर्दै कामदारवर्गकै नेतृत्वमा समाजवादी गणतन्त्र स्थापना नभएसम्म नेपाली जनताको सङ्घर्ष चालु रहने बताउनुभयो । उहाँले शासक दलहरूले कामदार जनताका छोराछोरीहरूलाई स्वदेशमै रोजगारीको बन्दोबस्त नगरी वैदेशिक रोजगारीको नाममा दासजस्तै बेचबिखन गरेको कारण देश ओरालो लागेको बताउनुभयो ।
“समाजवादी क्रान्तिको निम्ति किसान र मजदुर राजनैतिकरूपले सचेत र सङ्गठित हुनु जरूरी छ” उहाँले बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका रामबहादुर नेपालीले नेमकिपा बलियो नभएसम्म जनताले दुःख पाइरहने भएकोले गरिब जनता नेमकिपाको झन्डामुनि गोलबन्द हुन आग्रह गर्नुभयो ।
उक्त भेलाले गोविन्द परियारको अध्यक्षतामा ७ सदस्यीय नेपाल क्रान्तिकारी किसान सङ्घ समिधारा एम्लेबर एकाइ समिति गठन ग¥यो ।

पार्टी गतिविधिहरु
समाचार